आईपीएलमा बैंगलुरुको विजयी सुरुवात: आज हुने खेलमा हैदराबाद र राजस्थान तथा चेन्नाई र मुम्बई भिड्ने, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ चैत्र २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – शनिबारदेखि सुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु(आरसीबी)ले कोलकाता नाइट राइडर्स (केकेआर) पराजित गरेको छ। कोलकत्ताको इडेन गार्डेनमा भएको खेलमा आरसीबीले केकेआरविरुद्ध ७ विकेटको जित निकाल्दै आईपीएलमा विजयी सुरुवात गरेको हो।

केकेआरले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको आरसीबीले १६.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो। आरसीबीका लागि ओपनर फिल साल्ट र विराट कोहलीले अर्धसतकीय पारी खेले। कोहलीले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५९ रन बनाए। यस्तै साल्टले ३१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ५६ रन बनाए। कप्तान रजत पाटीदारले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ३४ रन बनाए। उनले ५ चौका र एक छक्का प्रहार गरे।

- Advertisement -
Ad imageAd image

कोलकाताका लागि वैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणले समान एक एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले कप्तान अजिंख्य रहाणेको अर्धसतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो। कोलकाताका लागि कप्तान रहाणेले सर्वाधिक ५६ रन बनाए। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै ओपनर सुनिल नारायणले ४४ रन बनाउँदा अंगक्रिस रघुवंशीले ३० रन बनाए।

बैंगलुरुका लागि क्रुनाल पाण्ड्याले सर्वाधिक ३ विकेट लिए। यस्तै जोश हेजवुडले २ तथा याश दयाल रसिक सलाम र शुयास शर्माले समान एक एक विकेट लिए।

आईपीएलमा आज दुई खेल हुनेछन्। पहिलो खेलमा हैदराबाद र राजस्थान तथा दोस्रो खेलमा चेन्नाई र मुम्बई भिड्नेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्