आजको मौसम: देशका धेरै भूभागमा मेघ गर्जनसहित पानी पर्ने अनुमान, कोशी र मधेसका केही क्षेत्रमा वर्षा जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ चैत्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ। यतिबेला कोशी तथा मधेस प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ।

कोशी र मधेस प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। यी दुई प्रदेशका केही भूभागमा राति पनि वर्षा भएको थियो।

- Advertisement -
Ad imageAd image

देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थनमा दिउँसो मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

देशका बाँकी प्रदेशका एकदुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातकोसमेत सम्भावना छ। आज राति पनि कोशी, मधेस र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। त्यसैगरि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति पनि हल्का हिमपातकोसमेत सम्भावना छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्