आज मिति वि.सं २०८१ चैत्र ०७ गते बिहीबार ई.सं २०२५ मार्च २० नेपाल सम्बत ११४५ चिल्लागा षष्ठी-२१, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष चतुर्थी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वज्र योग, कर करण । आज नेपालमा सुर्योदय ०६:१० बजे भयो भने सूर्यास्त साँझ ०६:१५ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन शुभदायी छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । आज कुनै नयाँ कार्यको थालनी गर्नु उत्तम हुनेछ । रोकिएका काम पनि सजिलैसँग बन्नेछन् । विपरितलिङ्गीको साथ-सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । रसरागको भाव जागृत होला । साहस बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन चुनौतीका साथ बित्ने देखिन्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला । वादविवाद र झगडाको सामना गर्नुपर्ने योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । पेशागत रुपमा पनि समस्या देखिन सक्छ, ध्यान राख्नुहोला । घरपरिवारमा मनमुटावको अवस्था आइपर्न सक्छ, तर विवेकको सही प्रयोगले समस्या समाधान होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन मनमा दुविधा रहनसक्छ, नयाँ कामको सुरुवात खासै राम्रो नहोला । ब्यस्तता वृद्धि हुनेछ । सामाजिक कामले नाम-प्रतिष्ठा त दिलाउनेछ, तर कार्यमा हैरानी बढ्न सक्छ । ब्यापार-व्यवसाय तथा जागीरमा दिन ठिकै छ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । मित्रजनको साथ-सहयोगले शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चल-अचल सम्पत्तिको कारोबार हुन सक्ने दिन छ । वैवाहिक जीवन सुखी रहला । सुखद यात्राको योग रहेको छ । घरमा पाहुनाको आगमनले खुशी जागृत गर्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आरोग्यता रहनेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, जसले मनमा सन्तोषको भाव सिर्जना गर्नेछ । दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् भने कतैबाट धन आार्जन हुने योग छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउनेछ भने मित्रजनसँग पनि रमाइलो भेटघाट होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिश्रित परिणाम दिने खालको दिन छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजगता अपनाउनुहोला । परिवारमा खटपट पर्नसक्छ, सचेतनाका साथ व्यवहार गर्नु उचित हुनेछ । समय खासै नराम्रो नभएपनि आज खर्च वृद्धि हुनसक्ने, विवाद बढ्ने तथा शत्रुपक्षले सताउने योग छ, सजक रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुनसक्छ । सवारीसाधन आदिको प्रयोगमा आज थप सावधानी अपनाउँदा हितकारी सावित हुनेछ । आरोग्यता रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन खुशीसाथ बित्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिएला । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । धनलाभको योग छ । पढाइलेखाइमा पनि प्रगति नै होला । ठुला ब्यक्तिसंगको भेटले नयाँ आशा जगाउन सक्छ । स्वास्थ्य सबल रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आयआर्जनको दृष्टिले राम्रो दिन छ । नयाँ कार्यारम्भको लागि परिवारजन एवम् मित्रवर्गको राम्रो सल्लाह आउने देखिन्छ । धनलाभको योग छ । नया साथीसँग चिनजान हुने र रमाइलो यात्रा हुनसक्छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । आधा-अधुरा काम पनि सम्पन्न हुनसक्ने दिन रहेको छ । आरोग्यता रहनेछ । अनावश्यक ब्ययबाट जोगिन खर्च कम गर्ने प्रयत्न गर्नुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कर्मबल वृद्धिको समय छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ला । धनलाभका साथै रमणीय र सुखद यात्राको योग छ । कृषिको कामबाट विशेष लाभ होला । आजको दिन कुनै पनि नयाँ काम भने शुरु नगर्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश हुनेछ । आरोग्यता रहनेछ । आफन्तको साथ मिलेर पराक्रम वृद्धि हुनेछ । रसरागात्मक काममा आकर्षण रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अरूको भर पर्दा काममा धोका हुन सक्ने समय छ, सजग रहनुहोला । आजको दिन टाढाको यात्रा नगर्नु उचित हुनेछ । व्यर्थको खर्च हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यमा पनि गडबडीकोे सम्भावना छ । खानामा विशेष सजक रहनु हितकर हुनेछ । प्रेम सम्बन्धमा खटपट पर्नसक्छ । शत्रुपक्ष भने परास्त हुनेछ । नियमकानूनले तपाईंलाई साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दौडधुप बढ्नेछ तर सामर्थ्य वृद्धि होला । आजको दिन मनमा दुविधा रहेपनि विशेष कार्यमा सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मन हर्षित रहला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । ठूलो सहयोगको आशा देखाउनेहरूले भने धोका दिन सक्छन्, सचेत रहनुहोस् । मिठो भोजन प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सोचेअनुरुप कमाइ हुनेछ । खर्च भन्दा आर्जन नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । कृषिक्षेत्रमा भने अलिक बढी नै परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । दाम्पत्यसुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्