काठमाडौं – न्यूक्यासल युनाइटेडले कारबाओ कप जितेको छ। गएराती सम्पन्न फाइनल खेलमा लिभरपुललाई २-१ गोल अन्तरले पराजित गर्दै न्यूक्यासल युनाइटेडले क्लबको इतिहासमा पहिल पटक कारबाओ कप अर्थात लिग कपको उपाधि जितेको हो।
न्यूक्यासलको जितमा डान बर्न र एलेक्जेन्डर इसकले एक एक गोल गरेका थिए। त्यसैगरी लिभरपुलका लागि फेडेरिको चिएसाले एक गोल गरेका थिए।
न्यूक्यासलले क्लबको इतिहासमा सन् १९५४-५५ मा एफए कप जितेपछि पहिलो पटक कुनै पनि घरेलु उपाधि जितेको हो। कारबाओ कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको लिभरपुल भने अहिलेसम्म सबैभन्दा बढी १० पटक यो उपाधि जितेको छ।


प्रतिक्रिया दिनुहोस्