पेनाल्टी सुटआउटमा लिभरपुललाई पराजित गर्दै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०८१, बुधबार
2 Min Read
Aa

पोर्चुगीच क्लब बेनिफिकालाई ३-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

 

- Advertisement -
Ad imageAd image

काठमाडौं – लिभरपुल युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ। गएराति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पिएसजीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको हो।

यस दोस्रो लिगमा पिएसजीले १-० को जित हासिल गरेपछि पहिलो लिगमा लिभरपुलको १-० को अग्रताको आधारमा समग्रमा १-१ को बराबरी भएको थियो। पिएसजीका लागि खेलको १२औं मिनेटमा ओसुमान डेम्बेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

९० मिनेटसम्मको खेलमा दुवैको समग्र गोल १-१ भएपछि यो खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। थप समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा लिभरपुलका कर्टिस जोन्स र डर्विन नुनेजले पेनाल्टी मिस गरेपछि पिएसजी ४-१ ले विजयी हुँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। यो हारसँगै लिभरपुलको यस सिजनको च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ।

यस्तै गएरातीनै सम्पन राउण्ड १६ को अर्को खेलमा बार्सिलोनाले पोर्चुगीच क्लब बेनिफिकालाई ३-१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। बार्सिलोनाले पहिलो लेगमा १-० को जित हासिल गरेको आधारमा समग्रमा ४-१ को नतिजासहित जित हासिल गरेको हो।

यस खेलमा बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने लामिन यमलले एक गोल गरेका थिए। त्यसैगरी बेनिफिकाका लागि एक गोल निकोलस ओटामेन्डीले गरेका थिए। यो जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ भने बेनिफिकाको च्याम्पियन्स लिगको यस सिजनको यात्रा समाप्त भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्