आज मिति वि.सं २०८१ फाल्गुन २५ गते आईतबार ई.सं २०२५ मार्च ०९ तारिख नेपाल सम्बत ११४५ फाल्गुन शुक्लपक्षको चिल्लाथ्व दशमी १०:४६ सम्म, तत्पश्चात् एकादशी तिथि, आज नेपालमा सूर्याेदय बिहान ०६:२२ बजे भयो भने सूर्यास्त साँझ ०६:०८ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): स्थायी सम्पत्ति आर्जन गर्ने एवम् सामाजिक प्रतिष्ठा वृद्धि हुने दिन छ । केही खर्च लागे पनि कामको प्रयत्न सफल होला । स्वास्थ्यमा सामान्य कमजोरी देखापर्नसक्छ, सावधानी अपनाउनुहोला । परिश्रमबाटै घर-जग्गा वा स्थिर सम्पत्ति जोड्ने योग छ । साझेदारीको काममा समस्या आउन सक्छ, सचेत रहनुहोला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): विशिष्ट जनसँग मित्रता बढ्ने देखिन्छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिएला । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । बुद्धिको उपयोगले काम लिने समय छ । स्थायी सम्पत्ति जोड्ने प्रयास सार्थक हुने योग छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि-विवेकको उपयोग गर्नमा कमजोरी रहनसक्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): भाग्य बलवान् रहनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कर्मयोग अभिवृद्धि हुनेछ । सामान्य अस्वस्थताका बीच कामको बोझ बढ्ने देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, ध्यान राख्नुहोला । पैत्रिक सम्पत्तिमा विवाद आउनसक्छ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइने योग छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): रचनात्मक काम गरेर पुरानो अवस्थामा केही सुधार ल्याउन सकिने समय छ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । एक्लोपनाको अनुभूति हुनेछ । प्रियजनसँग भेटघाटले प्रशन्नता मिल्नेछ भने विभिन्न उपहार र आतिथ्यपूर्ण सम्मानसमेत पाइएला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् भने आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्ला । विद्यार्थीहरूमा भने पढाइलेखाइमा जाँगर नचल्ला । पारिवारिक समस्याहरू देखापर्न सक्छन् ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । खर्च केही बढेपनि रमाइलो यात्राको अवसर जुट्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिलो होला । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । तापनि, सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका जुर्न सक्छ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्राको कार्य अघि बढ्नसक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रोकिएका काम सुरु हुनेछन् तर स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिने समय छ । मानसम्मानमा चोट पुग्न सक्छ । बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्न सक्छ । सन्तान पक्षबाट फाइदा र सुख मिल्ने योग छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आँटेका काम बन्नाले जोश-जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । खर्च भने केही बढ्नेछ । ठूलो लगानीबाट कममात्र फाइदा हुने योग रहेकोले नयाँ लगानीको कार्य थाती राख्नु उचित होला । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने योग छ । शिक्षामा राम्रो प्रगति होला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउला । सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदौ नै हुनेछ । साथीभाइले साथ दिनेछन् । पढाइमलेखाइमा अनुकूल बेल छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना पनि देखिन्छ । व्यापार-व्यवसाय विस्तार होला । विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्छन्, सतर्क रही व्यवहार गर्नुहोला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्