आजको मौसम: कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ फाल्गुन २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागकको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका अन्य भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । साथै आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ । त्यस्तै आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

- Advertisement -
Ad image

बिहान तराईका केही स्थानमा हल्का हुस्सु लागेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उडानमा आंशिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्