आज मिति २०८१ साल फागुन २० गते मंगलबार फागुन शुक्ल पक्षको पञ्चमी तिथि। माझी समुदायको दली पूजा। तदनुसार सन् २०२५ मार्च ४ तारिख। आज बिहान ६:२७ मा झुल्किएको घाम बेलुकि १८:०५ बजे अस्ताउने छ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यात्राको क्रममा लाभ मिल्नसक्ने समय छ । व्यापार-व्यवसायमा सुधार आउला । सन्तानपक्षबाट पनि सुख पाइने योग छ । मनको डर हटेर काममा उत्साह बढ्ला । अनुकूल यात्राको सम्भावना छ । आयस्रोत बढ्नेछ । रोकिएको काम पुनः सुचारु हुनसक्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी दिन छ । धेरै श्रम गरे पनि कामको कम मूल्याङ्कन होला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । स्वास्थ्यमा अचानक गडबडीको सम्भावना रहेकोले विशेष सजगता अपनाउनु हितकर होला । सञ्चित रकम खर्च गर्नुपर्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख मिल्नाले उत्साह वृद्धि होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन अध्ययन-अध्यापनमा प्रगति हुनेछ भने आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले कार्य सफल हुने देखिन्छ । तथापि, स्वास्थ्य केही कमजोर रहला, खर्चपनि केही बढ्ने देखिन्छ । कुरा काट्नेहरू सक्रिय हुन सक्छन्, सावधान रहनुहोला । नयाँ योजना या दीर्घकालीन अवधारणा बनाउन आजको दिन अनुकूल नहुन सक्छ, ध्यान राख्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ब्यस्तता र जोखिम केही बढेपनि शुभदायी दिन छ । खर्चभन्दा कमाइ नै बढी हुने देखिन्छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । सोच्ने शक्ति बढ्नेछ । भने कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । कर्मबल वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ शुरु गरिएका काम सहजै बन्नसक्ने दिन छ । काममा मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने देखिन्छ । परिश्रमले धेरै काम बन्नेछन् भने धनलाभको योग छ । प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ । कलात्मक काममा विशेष सफलता मिल्ने देखिन्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । कुरा काट्नेहरु सक्रिय रहने छन् भने नजिककै मित्र पनि असहयोगी भूमिकामा देखापर्न सक्छन् । आगो तथा हातहतियारबाट विशेष सावधान रहनु हितकर होला । आर्थिक संकटका कारण पति-पत्नीबीच घरसल्लाह नमिल्न सक्छ । ब्यर्थमा कसैसँग झगडा वा विवाद हुन सक्छ, सजग रहनुहोला । यात्रामा पनि विशेष सावधानी अपनाउनु उचित हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): समय खासै अनुकुल नरहने देखिन्छ । जागिरमा हुनेले आजको दिन अनावश्यक झमेलाको सामना गर्नुपर्ला । कसैबाट अपमानित पनि हुन सकिने योग रहेकोले सजगभ इ ब्यवहार गर्नुहोला । प्रतिकुलताका बाबजुद खास कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने सम्भावना छ । कला क्षेत्रमा रुचि बढ्ला । खास मित्रजनले प्रशंसा गर्नेछन् । आरोग्यबल बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कामबाट सजिलै फुर्सद पाइने र प्रशन्नता मिल्ने दिन छ । अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला । पढाइलेखाइमा भने खासै प्रगति हुने छैन । धनलाभको योग छ । खर्च पनि केही वृद्धि हुनसक्छ । आफन्तजनसँग भेटघाट होला । मिठो भोजन प्राप्त हुनेछ । प्रतिष्पर्धीलाई परास्त गर्ने क्षमता अभिवृद्धि होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अधुरा काम बन्ने तथा रुचिका विषयमा लगानी बढाउने समय छ । शत्रुपक्ष परास्त होलान् । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा लाभ होला । साझेदारीको व्यवसायमा पनि उन्नति हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहने देखिन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन केही चुनौतीयुक्त रहला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ । मनमा पीडाले डेरा जमाउला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले सतर्कताको अपनाउनु हितकर होला । चोटपटकको भय पनि छ, हातहतियारको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । प्रतिकुलताका बाबजुद दायित्व निर्वाहमा अब्बल रहनुहुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन शुभदायी रहला । विभिन्न अवसरले पछ्याउनेछन् । महत्वपूर्ण काम बन्नेछ भने लगनशिलता र इमान्दारिताको प्रशंसा हुनेछ । परिवारसँग आत्मीयता बढ्नेछ, मनमा शान्ति छाउनेछ । प्रेम प्रस्तावको पनि योग छ । रसरागको भाव जागृत होला । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुर्नसक्छ, मौकाको लाभ उठाउने प्रयत्न गर्नु हितकर हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन शुभदायी छ । आर्थिक क्षेत्रमा राम्रै लाभ हुने देखिन्छ । आम्दानी वृद्धि हुनेछ । ब्यापार, कृषि, तथा बैदेशिक क्षेत्रको लागि समय एकदमै राम्रो छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ । अरुको विश्वास सजिलै जित्न सकिएला । मिष्ठान्न भोजनको योग रहेको छ । आफन्तको साथ मिल्नेछ । सुख विलासको अवस्था रहनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्