आज मिति वि.सं २०८१ फाल्गुन १२ सोमबार ई.सं २०२५ फेब्रवरी २४ नेपाल सम्बत ११४५ सिल्लागा एकादशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण एकादशी, चन्द्रमा धनु राशिमा, पुर्वाषढा नक्षत्र, सिद्धि योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६:३२ बजे भयो भने सूर्यास्त साँझ ०६:०१ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्ने देखिन्छ । रोकिएका काम अघि बढ्नेछन् भने नयाँ जिम्मेवारी हात पर्ने योग छ । पढाइलेखाइम पनि राम्रै प्रगति होला । विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर जुर्ला । प्रतिष्ठित कामले प्रशंसा दिलाउला । दामपत्यसुख बढ्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय शुभदायी छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने प्रशंसकहरू बढ्नेछन् । विगतको श्रमबाट धनलाभ हुने तथा राम्रै फाइदाको योग छ । फलदायी यात्रा हुनसक्छ । प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ । रसरागको भाव वृद्धि होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुनेछ । मनोरञ्जनका साथ दिन बित्ने देखिन्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा आर्जन होला । काममा मातापिताको सहयोग प्राप्त हुनाले दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । अध्ययन तथा अध्यापन कार्यमा प्रगति हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्न सकिने योग छ । प्रेमभाव वृद्धि र लाभदायी यात्रा हुने देखिन्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । ब्यस्तता बढ्नुका साथै सानातिना काम तथा घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । निरर्थक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि केही सताउने योग छ । पारिवारिक जमघटमा मन रमाएपनि खर्च केही वृद्धि होला । साथीभाइको सहयोग प्राप्त भइ रोकिएको काम बन्न सक्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर आजको दिन विद्यामा कमजोरी र लेनदेनमा विवाद हुन सक्छ, सचेत रहनुहोला । इष्टदेवको पूजा-उपासना गर्नाले शान्ति मिल्न सक्छ । विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर होला । दाम्पत्यजीवन सुखद रहनेछ । सवारी साधनको प्रयोगमा भने अघिपछिको तुलनामा आज विशेष सावधानी अपनाउनु उचित हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन मिश्रित फलदायी रहला । रोकिएका काम सम्पादन हुनेछन् भने पठनपाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला, जसले सामाजिक प्रतिष्ठ बढाउने देखिन्छ । आजको दिन आर्थिक अभावले भने अलिक सताउनेछ । बेकारको यात्रा हुन सक्छ, ध्यान राख्नुहोला । कृषि-चौपायाको व्यवसायमा भएका व्यक्तिलाई विशेष लाभ मिल्ने योग छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): केही परिश्रम परे पनि काममा सफलता नै मिल्ने समय छ । आर्थिक उपार्जनमा सुधार आउला । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन हुनसक्छ । भाग्योन्नतिको योग रहेकोले सहयोगीहरूले साथ दिनेछन् र नियमित कार्यमा सोचेजस्तै सफलता मिल्न सक्छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । धन आर्जनको योग छ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अलिक बाध्यताका काममा जुट्नु परेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ भने आम्दानी प्रशस्तै बढ्ने देखिन्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मान-सम्मान बढ्नेछ । प्रेमको बन्धन कसिने बेला छ । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विचारले धेरैलाई आकर्षण गर्ने समय छ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ नै मिल्ला । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । स्वास्थ्य सबल रहनेछ । मित्रजनको राम्रै साथ पाइएला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धेरै श्रमपछि कममात्र प्रतिफल पाइने समय छ, तर काममा जाँगर घट्ने छैन । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । भएको आम्दानी सञ्चय गर्न भने कठिन नै पर्ने देखिन्छ । प्रशंसकहरू बढ्नेछन्, सहयोगीहरूले काममा साथ दिनेछन् । चोरी वा ठगीमा पर्नुबाट जोगिनका लागि आज विशेष सावधानी अपनाउनु हितकर होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामाजिक कामको दायित्व बढ्ने र परिवारजनको भरणपोषणमा पनि खर्च बढ्ने समय छ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाटै धोका हुन सक्छ, सचेत रहनुहोस् । कामको प्रतिफलका लागि अलिक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला, तथापि प्रतिष्पर्धी परास्त हुनेछन् ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आँटेगरेका काम पुरा भइ धनलाभ हुने समय छ । ब्यापार-व्यवसायमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । रमाइलो यात्रा हुन सक्छ । परिश्रम गर्दा अरुको विश्वास जित्न सकिनेछ भने अधुरा कामले मूर्तता पाउने योग छ । रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । आजको दिन खर्च भने केही बढ्न सक्छ, सावधानीपूर्वक आर्थिक व्यवहार गर्नुहोला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्