फाल्गुन ११ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ फाल्गुन २०८१, आईतवार
6 Min Read
Aa

आज मिति वि.सं २०८१ फाल्गुन ११ गते आईतबार ई.सं २०२५ फेब्रवरी २३ नेपाल सम्बत ११४५ सिल्लागा दशमी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण दशमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, वज्र योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ०६:३३ बजे भयो भने सूर्यास्त साँझ ०६:०० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन शुभदयी छ । अधुरा काम बन्नेछन् भने सामान्य प्रयासबाटै कार्यसफलता मिल्नेछ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्दा अझ बढी आनन्द मिल्ने देखिन्छ । मित्रजनसँग रमाइलो पल बिताउन पाइनेछ । नियमित कार्यमा मन लाग्नेछ । यात्रागत कार्य पनि सफल रहने योग छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन केही चुनौतीयुक्त रहला । घर-गृहस्थीमा समस्या आउन सक्छ । कामको बोझले थाकेको महसुस होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ने योग छ । महत्वपूर्ण निर्णय गर्दा गलत ठाउँमा पर्न सक्ने सम्भावना रहेकोले आज ठूलो निर्णय नलिनु हितकर हुनेछ । वादविवादबाट बच्न बोली र व्यवहारमा संयमताा अपनाउनुहोला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मिश्रित फलदायी समय छ । मनमा दुविधा रहन सक्छ । नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि अध्ययन तथा अध्यापन कार्यमा सफलता हासिल हुनेछ । ब्यापारबाट सोचेअनुसार लाभ मिल्ने योग छ । तर, कार्यमा हैरानी भने मिल्ने देखिन्छ । सामाजिक काममा नाम रहने छ । मनोरञ्जनात्मक यात्रा हुन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्ने दिन छ, यसले मान प्रतिष्ठा पनि दिलाउला । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । भौतिक सुख-सुविधाको साधन प्राप्ति हुने योग छ । व्यवसायमा मिलेको सफलताले उत्साह बढाउला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): उद्योग र व्यापारमा विशेष फाइदा मिल्ने समय रहेको छ । सोच्दै नसोचेको स्थानबाट लाभ हुने देखिन्छ । मनोरञ्जनात्मक यात्रा हुन सक्छ । मित्रजनहरू सहयोगी बनेर देखापर्ने छन् । तथपि, झुटो आरोप लाग्नसक्ने योग रहेकोले आजको दिन बोली र व्यवहारमा लगाम लगाउनु उचित हुनेछ । रचनात्मक एवम् साहित्यिक कार्यमा मन जानेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, विशेष सावधान रहनुहोला । कडा प्रयासका बाबजुद सफलता हात नलाग्न सक्छ । स्वस्थ्य पनि केही कमजोर रहला । पढाइलेखाइमा पनि जाँगर नचल्ने देखिन्छ । वादविवादको सम्भावना छ । खर्च नियन्त्रणको लागि विशेष सावधानी अपनाउनु हितकर होला । खानपानमा सजगता अपनाउनु उचित हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बुद्धिविवेकले राम्रो साथ दिने समय छ । अनायासै ठिक निर्णय हुनसक्छ । आर्थिक पक्ष सबल बन्नेछ भने चुनौतीहरू सजिलै पार लाग्ने देखिन्छ । आफन्तजनको साथ मिल्नेछ । पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । समष्टिमा दिन सुखदायी रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय शुभदायी छ । आँट गरेका महत्वपूर्ण कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । मिष्ठान्न भोजन एवम् उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष लाभ मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): घरायसी समस्याले केही सताए पनि गरेका कार्य सफल हुनाले मन सन्तुष्ट रहनेछ । मित्र वर्गबाट साथ–सहयोग पाइने समय छ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान दिलाउने देखिन्छ । धनार्जनको योग छ । कुनै विशेष कार्यमा अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुनसक्छ, सजग रहनुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ काम सुरु गर्ने समय छ । तर, खर्चको मात्रा भने बढ्न सक्छ । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्नेप्रति सजग रहनुहोला । सबल स्वास्थ्यका लागि खानपान र शारीरिक व्यवहारमा विशेष सावधानीको दरकार छ । अरूको भर पर्दा काममा धोका हुन सक्ने योग भएकोले आफ्नै प्रयासबाट काम निप्ट्याउने प्रयत्न गर्नु हितकर हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । स्वास्थ्य खासै सबल नरहन सक्छ । नियमित काम एवं पढाइलेखाइमा समेत जाँगर नलाग्ला । व्यवसायमा सोचेअनुसार लाभ नमिल्ने देखिन्छ । मातृधनले केही राहत दिनेछ । बन्न लागेको काम बिग्रन सक्छ, अत्यन्त होसियारीपूर्वक कदम बढाउनु उचित हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने उचित समय छ । व्यापारमा राम्रै धनलाभ हुने देखिन्छ । आर्थिक पक्ष सन्तोषजनक रहनुका साथै यात्रागत कार्य पनि बन्ने देखिन्छ । कृषि तथा पशुपालनमा भने केही खर्च बढ्नसक्छ, तर अन्ततः प्रतिफल राम्रै मिल्नेछ । मित्रजनको साथ रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्