च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र: रियलको प्रतिद्वन्दी एटलेटिको

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सम्पन्न भएको छ। शुक्रबार भएको ड्र अनुसार रियल म्याड्रिडले एटलेटिको म्याड्रिड प्रतिद्वन्दी पाएको छ। च्याम्पियन्स लिगको यस सिजनको राउण्ड १६ को यो खेल म्याड्रिड डर्बी हुने भएको हो।

त्यस्तै आर्सनलको भिडन्त नेदरल्याण्डसको क्लब पीएसभीसँग हुने भएको छ। त्यस्तै पिएसजीको सामना लिभरपुलसँग हुने भएको छ भने एस्टन भिल्लाले क्लब ब्रुगेसँग खेल्ने भएको छ।

- Advertisement -
Ad imageAd image

त्यसैगरी बार्सिलोनाले बेनिफिकासँग खेल्ने छ भने बोरुसिया डोर्टमण्डले लिलेसँग खेल्ने भएको छ । त्यस्तै बायर्न म्युनिखको भिडन्त बायर लिभरकुसनसँग हुने भएको छ भने इन्टर मिलानले राउण्ड १६ मा नेदरल्याण्डसको फेयनूर्डसँग खेल्ने भएको छ।

राउण्ड १६ को पहिलो लिग मार्च ४ र ५ मा हुने छ भने दोस्रो लिगका खेल मार्च ११ र १२ मा हुने युइएफएले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्