फाल्गुन १० गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० फाल्गुन २०८१, शनिबार
6 Min Read
Aa

आज मिति वि.सं २०८१ फाल्गुन १० शनिबार ई.सं २०२५ फेब्रवरी २२ नेपाल सम्बत ११४५ सिल्लागा नवमी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण नवमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, हर्षण योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ०६:३४ बजे भयो भने सूर्यास्त साँझ ०५:५८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विभिन्न अवसरले पछ्याउने समय छ । सहयोगीहरूको राम्रो साथ पाइनाले अप्ठ्यारा काम पनि सजिलै पुरा हुनेछन् । व्यापार–व्यवसायमा फाइदा होला । मिहेनतले अरूलाई आकर्षित गर्न सकिनेछ । सन्तानसुख मिल्नेछ, दाम्पत्य सुख बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्य सार्थक हुनेछ । समग्रमा आजको दिन अनुकूलता वृद्धि हुने देखिन्छ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): गरेका कामको प्रशंसा हुने र सामाजिक प्रतिष्ठा मिल्ने दिन भएपनि आज केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिन सक्ने योग छ । बोली र व्यवहारमा संयमता अपनाउने प्रयत्न गर्नु हितकर हुनेछ । पारिवारिक समस्याको समाधान हुने र आर्थिक कार्यमा सफलता मिल्ने समय छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । तर, आफन्तहरू टाढिने र सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ र टाढिएका सहयोगीहरूको पनि साथ मिल्ने देखिन्छ । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मान सम्मान र प्रतिष्ठा कमाउने समय छ । सहयोग जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ला । आम्दानी बढ्ने देखिन्छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नाले मन हर्षित रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पराक्रम बढ्नेछ । दिगो फाइदा हुने काम तथा जिम्मेवारी हातपर्ने समय छ । रोकिएका काम बन्नेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । आरोग्यता रहनेछ । रसरागका कार्यक्रममा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन अरूका काममा समय खर्चनुपर्ला । हतारको निर्णयले धोका हुन सक्छ, धैर्य राखी कार्य–व्यवहार गर्नु उचित हुनेछ । स्वास्थ्य केही कमजोर रहला, ध्यान राख्नुहोला । प्रतिकुल स्वास्थ्यका बाबजुद काममा परिस्थितिले साथ दिनेछ । समस्यामा मित्रजनको सहयोग मिल्नाले कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): केही प्रतिस्पर्धा गर्नुपरे पनि रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रै फाइदा हुने समय छ । शुभचिन्तकहरूले साथ दिनेछन्, आँटेका काम पूरा हुनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने योग छ । चुनौती चिर्ने सामर्थ्य रहनेछ । आरोग्यबल बढ्नेछ । यश-वर्चश्व बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय लाभदायक देखिन्छ । व्यावसायिक काममा राम्रै फाइदा हुनेछ भने सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । खर्च भने केही बढ्ने देखिन्छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यपन र सुख वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । आयबल बढ्ला । व्यावसायिक यात्राको सम्भावना छ । अरूको मन जितेर अवसर हात पार्न सकिएला । आजको दिन चोटपटकको योग भएकोले विशेष सावधानी अपनाउनुहोला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल बढेपनि आजको दिन घरायसी समस्याले चिडचिडाहट बढाउन सक्छ । भेटघाटमा अल्मलिनाले काममा बाधा पुग्न सक्छ, सचेत रही व्यवहार गर्नु उचित होला । आकस्मिक खर्च बढ्ने र अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग छ । यात्रागत कार्यमा भने सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय केही चुनौतीयुक्त देखिन्छ । आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढ्नुका साथै अर्थ अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । काममा केही चुनौती देखापर्ने योग छ । रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दौडधुप बढेपनि रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमणको योग छ । आतिथ्यपूर्ण सम्मान मिल्ने देखिन्छ । आफन्तको साथ मिल्नेछ । सुख विलास बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्