प्रकृति लम्सालको शव ल्याएपछि राति नै गरियो अन्तिम संस्कार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ फाल्गुन २०८१, बिहीबार
1 Min Read
Aa

रुपन्देही – भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ।

बुधबार साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानीय स्वर्गद्वारीघाटमा दाहसंस्कार गरिएको हो।

- Advertisement -
Ad image

लम्सालको शवलाई केही समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी)मा राखिएको थियो। लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केही समय राखिएको थियो।

त्यसपछि मध्यराति नै अन्तिम सस्कार गरिएको हो। लम्सालको अन्तिम संस्कारमा भैरहवावासीको ठूलो संख्यामा सहभागिता रहेको थियो। केआइआइटीमा स्नातक अन्तिम बर्षमा अध्ययनरत भैरहवाकी २१ बर्षीय प्रकृति लम्सालको कलेजको छात्रावासमा शव फेला परेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्