फाल्गुन ०७ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ फाल्गुन २०८१, बुधबार
6 Min Read
Aa

आज मिति वि.सं २०८१ फाल्गुन ०७ बुधबार ई.सं २०२५ फेब्रवरी १९ नेपाल सम्बत ११४५ सिल्लागा षष्ठी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण सप्तमी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, वृद्धि योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०६:३७ बजे भयो भने सूर्यास्त साँझ ०५:५७ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका घरेलु कामकाज बिस्तारै बन्ने दिन छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । सफलताका लागि महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । विशेष कार्यमा दोधारको अवस्था सिर्जना हुनसक्छ । कमी–कमजोरी सुधार गरेर अघि बढ्न अवसर मिल्ला । स्वास्थ्य केही कमजोर रहनसक्छ, ध्यान राख्नुहोला । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्नसक्ने योग रहेकोले बोली र व्यवहारमा नियन्त्रणमा राख्नु हितकर होला । नयाँ कामको प्रस्ताव आउनसक्छ, सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ, तर भौतिक साधनको खराबीले लक्ष्य प्राप्त गर्न अवरोध पुग्ने देखिन्छ । बौद्धिक र रचनात्मक काममा भने आंशिक सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता वृद्धि भएपनि समय शुभदायी छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । अभिप्रेरित गर्नेहरू भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रचनात्मक काम सुरु गर्ने समय छ । पहिलेको सफलताले थप हौसला जगाउला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ । अध्ययन तथा अध्यापन कार्य प्रगतिउन्मुख हुनेछ । पराक्रम बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन हुनसक्ने दिन छ । तर, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउनसक्छ, सजग रहनुहोला । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । केही झमेला आइलाग्ने योग रहेकोले व्यवहारमा संयमपनको खाँचो छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ, तर सहयोगीहरूले हात झिक्नाले केही समस्या पनि आइर्न सक्छ, सावधान रही नियमित कार्यमा लाग्नुहोला । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुने देखिन्छ । कमी-कमजोरीलाई सुधार्ने मौका मिल्नेछ । आरोग्यता रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । विशिष्टजनको आशीर्वादले रोकिएको काम बन्नसक्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन मिश्रित फलदायी रहेको छ । परिवारमा असमझदारी बढ्न सक्छ, तर विवेकपूर्ण व्यवहारले समस्या समाधान गर्न सफलता मिल्नेछ । मातृधनको उपयोगबाट केही लाभ उठाउन सकिनेछ । स्वास्थ्य सबल रहनाले उत्साह र उमङ्ग प्राप्त होला । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित हुने योग छ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ मिल्ने देखिन्छ, तर ठगीमा पर्न सकिने योग रहेकोले आजको दिन आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनु हितकर होला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कर्मबल बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल बढ्नेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ भने आर्थिक पक्ष सुदृढ रहनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने देखिन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): ब्यस्तता बढेपनि आजको दिन सुखद् एवम् मनोरञ्जनपूर्ण ढंगले बित्ने देखिन्छ । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । पारिवारिक सुख मिल्नुका साथै बौद्धिक क्षेत्रमा पनि प्रगति हुनेछ । सहयोगीहरूले विशेष साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ला । टाढिएका आफन्तहरू नजिकिनेछन् । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन अनावश्यक दौडधुपमा समय बित्ने सम्भवना छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्ने र अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुने देखिन्छ । साझेदारीको काम बन्नेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । स्वास्थ्य सबल रहला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्