आज मिति वि.सं २०८१ फाल्गुन ०५ सोमबार ई.सं २०२५ फेब्रवरी १७ नेपाल सम्बत ११४५ सिल्लागा पञ्चमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण पञ्चमी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, शुल योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६:३९ बजे भयो भने सूर्यास्त साँझ ०५:५६ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुखद् र विषद् दुवै प्रकारका अनुभूति मिल्नसक्ने दिन रहेको छ । तपाईंका कमी-कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् । हातमा आइसकेको अवसर गुम्न सक्छ, सजग रहेर काम गर्नुहोला । उपहारका नाउँमा काम नलाग्ने बस्तु हात लाग्नसक्छ । मेहनत गर्दा केही लाभ मिल्ने र सत्कार्यमा जुट्नाले सुख-सन्तोष प्राप्त हुने योग छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्न सकिनेछ । मित्रहरूसँग मनोरञ्जनात्मक क्रियाकलापमा जुट्ने अवसर मिल्ला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिष्ठित एवम् कीर्तिमानी काम सम्पादन गर्ने अवसर जुर्ने दिन छ । नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुनुका साथै तपाईंको बुद्धि-विवेकको प्रशंसा होला । सुखद यात्राको सम्भावना छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । प्रेमभाव बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): उच्च महत्वाकांक्षा र पराक्रम वृद्धि भइ सोचेको काम पूर्ण रुपमा सम्पादन हुनसक्ने समय छ । खर्च लागे पनि आज चिताएको काम बन्ने देखिन्छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । प्रतिष्पर्धीले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । आजको दिन मित्रवर्गबाट लाभ उठाउन सकिनेछ । रसरागको भाव वृद्धि होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज कामको राम्रै अवसर प्राप्त भए पनि अवरोध खडा हुनसक्छ । खर्च बढ्ने तथा आर्थिक अभावले केही सताउने योग छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । तथापि, विपरीतलिंगी तथा हितैषी मित्रहरूले साथ दिनेछन् । स्वास्थ्य केही कमजोर रहेको आभास हुनसक्छ, तर कामको बोझ भने कम नहोला । इर्ष्यालु पात्रहरूले सताउन सक्ने देखिन्छ, सचेत रहनुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुनसक्ने समय छ । आज तपाईंलाई विशेष ओहदावाला वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, अत्यन्त सजग भइ पाइला अघि बढाउनु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नुहोला । प्रेमजीवन सार्थक रहला । नियमित कार्यमा आफ्नै कमजोरीले ढिलासुस्ती हुनसक्छ, ध्यान राख्नुहोला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ काममा हात हाल्ने समय आएको छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । मिष्ठान्न भोजन र विशेष उपहार हातलागी हुने योग छ । रसराग तथा मनोरञ्जनात्मक क्रियकलापमा मन रमाउनेछ । पशुधनबाट विशेष फाइदा होला । अध्ययन–अध्यापनमा पनि प्रगति हुने दिन रहेको छ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन सुखद नै रहला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । विपरीतलिंगीको माध्यमबाट लाभ हुने योग छ । प्रेम र मित्रताको बन्धन कसिनेछ, दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु हितकर होला । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनसक्ने समय छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग रहेकोले विशेष सजगताको खाँचो छ । स्वास्थ्यसम्बन्धी समस्याले पनि केही सताउन सक्छ । खर्च बढ्ने र आफ्नाबाटै धोका मिल्नसक्ने योग छ । महत्वपूर्ण योजनामा अवरोध आउनाले मन खिन्न रहला । आजको दिन विशेष कार्य थाती राख्नु हितकर हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त हुने तथा मिष्ठान्न भोजनको आनन्द प्राप्त हुने दिन रहेको छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । तर, आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने योग छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ । ब्यापारमा भने केही लाभ नै मिल्ने देखिन्छ । विगतका कमजोरी सच्याउने मौका मिल्ला । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर दिलाउनसक्ने समय छ । दिगो आम्दानी हुने काम सुरु हुने योग छ, तर काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने समय भएपनि आज महत्वपूर्ण कार्यमा अवरोध सिर्जना हुनसक्ने देखिन्छ । यात्रागत कार्य थाती राख्नु उचित हुनेछ । आजको दिन सवारीसाधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । पढाइलेखाइमा जाँगर चल्नेछैन । आर्थिक अभावले सताउन सक्छ, जसले अधैर्यपना बढ्न सक्छ । धैर्य राखी राम्रो समयको प्रतीक्षा गर्नुको विकल्प देखिन्न ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नियमित कामको चिन्ताले सताउन सक्छ । आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । स्वास्थ्यगत समस्याले सताउन सक्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले असन्तुष्टि बढ्न सक्छ । समस्या समाधानका लागि आफन्तको साथ मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्