आज मिति वि.सं २०८१ फाल्गुन ०४ आईतबार ई.सं २०२५ फेब्रवरी १६ नेपाल सम्बत ११४५ सिल्लागा चतुर्थी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण चतुर्थी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, धृति योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६:४० बजे भयो भने सूर्यास्त साँझ ०५:५५ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्नसक्ने समय छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । तर, गलत व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका मिल्न सक्छ । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुनेछन् । प्रेमभाव बढ्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम बढ्नेछ । रोकिएका काम बनी नयाँ काम सुरु हुने समय छ । व्यापारमा पनि फाइदा नै होला । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइने र शत्रु परास्त हुने योग छ । समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ, सजग रहनुहोला । मान-सम्मान जोगाइराख्न विशेष सजगताको खाँचो छ, ध्यान राख्नुहोला । आरोग्यता रहनेछ । बढ्नेछ । यात्रापरक काम बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मिश्रित फलदायी समय छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइएला । सामाजिक तथा धार्मिक काममा बाधा सृजना हुनसक्छ सजक रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ । राजनीतिक पहुँच बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष कमजोर सावित हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल बढ्नेछ भने काममा आफन्तको सहयोग जुट्न सक्छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुनसक्ने योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट भइ मंगलमय काम सम्पादन हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ । तथापि, आम्दानी बढ्नाले उत्साह थपिएला । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ, सजगताका साथ व्यवहार गर्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिवारजनको सहयोग मिल्नुका साथै सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । आत्मीयजनसँग फलदायी भेटघाट होला । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनुहोला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन व्यापार-व्यवसायमा राम्रै फाइदा होला । टाढाको यात्राबाट धनलाभ हुनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त हुनेछ भने भूमिबाट फाइदा मिल्ने देखिन्छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई सफलता मिल्ने समय छ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । आयबल बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । चिताएको काममा ढिलासुस्ती होला । सरकारी निकायबाट कडिकडाउको सिकार भइएला । दण्ड-जरिवानाको पनि सम्भावना रहेकोले विधि-व्यवहारमा सजगता अपनाउनुहोला । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । मातृ स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । आफन्त एवम् मित्रजनप्रति आत्मीयभाव बढ्नेछ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । व्यक्तिगत स्वास्थ्यमा पनि केही बाधा पर्नसक्ने देखिन्छ, सजग रहनुहोला । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दौडधुप बढेपनि लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । ब्यापारबाट राम्रै धनलाभ हुने देखिन्छ । भौतिक साधनहरू जुट्नेछन् भने नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर मिल्न सक्छ । राजनीतिक पहुँच बढ्नेछ । आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । खर्च नियन्त्रणका लागि सावधानीपूर्वक प्रयत्न गर्नु हितकर होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पठनपाठनमा राम्रो उन्नति हुने समय छ । सन्तान वा अनुयायीले पनि प्रशन्नता दिलाउनेछन् । फलदायी यात्राको सम्भावना रहेको छ । तर घर–जग्गासम्बन्धी मामलामा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ, सजग रहनुहोला । प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । नियमकानूनले साथ दिनेछ भने दायित्वलाई पूरा गर्नुहुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको परिस्थिति अलिक चुनौतीयुक्त रहने देखिन्छ । काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले दुःख दिन सक्छ । खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर-जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । विवेक लगाएर कर्म तथा व्यवहार गर्नु हितकर सावित होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित होला । आर्थिक समस्या आइपर्ने तर त्यसको समाधान पनि मिल्ने देखिन्छ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्ने समय छ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा ज्यादा सफलता मिल्ने योग छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्