पिकनिक गएर फर्किएको स्कुल बस शंखरापुरमा दुर्घटना: तीन जना विद्यार्थीको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० माघ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। बुधबार अपराह्न ४:५० बजे काठमाडौं शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको स्कुल बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

- Advertisement -
Ad imageAd image

सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले उक्त बस चलाएका थिए। दुर्घटनामा ४० जना घाइते भएका छन्। घाइते मध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ।

अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३ जनाको उपचार भइरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्