म्यानचेस्टर सिटी घरेलु मैदानमै रियल म्याड्रिडसँग पराजित: ब्रेस्टमाथि पिएसजीको सहज जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० माघ २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं – युइएफए च्याम्पियन्स लिग अन्तर्गत प्लेअफको पहिलो लिगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । सिटीको घरेली मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिड ३-२ गोल अन्तरले विजयी भएको हो ।

रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पे, ब्राहिम डियाज र जुड़े बेलिङघमले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले दुवै गोल गरेका थिए । यस खेलमा दुई गोल असिस्ट गरेका रियल म्याड्रिडका भिनिसियस जुनियर प्लेयर अफ द म्याच बनेका थिए ।

- Advertisement -
Ad imageAd image

अब प्लेअफको दोस्रो लिग फेब्रुअरी २० मा रियल म्याड्रिडको घरेलु मैदानमा हुने छ । यस खेलको विजेता च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने छ ।

यस्तै युइएफए च्याम्पियन्स लिगको प्ले अफ खेल अन्तर्गत पीएसजीले ब्रेस्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ओसुमान डेम्बेलेले २ गोल गरेका थिए भने भिटिन्हाले एक गोल गरेका थिए । यो सँगै पिएसजीले पहिलो लिगमा ३-० को अग्रता हासिल गरेको छ । अब दोस्रो लिग फेब्रुअरी २० मा हुने छ । यस खेलको विजेता क्लब च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने छ ।

अर्को खेलमा युभेन्टसले पिएसभीलाई २–१ ले हराउँदा बोरुसिया डर्टमुन्डले स्पोर्टिङ सिपीलाई ३–० ले नै पाखा लगाएको हो। नकआउट चरणको प्लेअफमा आज राति पनि चार खेल हुनेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्