कांग्रेस-एमालेको सत्ता गठबन्धन अप्राकृतिक नै होः महामन्त्री शर्मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस–एमालेसहितको वर्तमान सत्ता गठबन्धन अप्राकृतिक नै रहेको बताएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले दुई वटा भिन्न दर्शनकोबीच गठबन्धनको सरकार बन्नु समयको बाध्यता रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारमाथि लगाउँदै आएको उक्त आरोप कांग्रेस महामन्त्री शर्माले स्वीकार गरे । महामन्त्री शर्माले प्रचण्डले लगाएका अन्य आरोपमा भने प्रतिप्रश्न गरेका छन् । उनले गठबन्धन अप्राकृतिक मान्न सकिने तर असंवैधानिक भने नरहेको बताए ।

- Advertisement -
Ad imageAd image

उनले एउटै धारा र उपधाराबाट कांग्रेसकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा ठीक र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बेठीक हुन नसक्ने बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्