आजको मौसम: तराईमा हुस्सु र कुहिरो हट्दै, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोसम्म हुस्सु र कुहिरो हट्ने विभागले जनाएको छ । विभागका अनुसार दिउँसो मधेस प्रदेशमा पूर्णतया सफा रहनेछ । बाँकी ६ वटा प्रदेशमा आंशिक बदली रहनेछ । यद्यपि, मुख्यतया मौसम सफा रहनेछ ।

- Advertisement -
Ad imageAd image

विभागले आज वर्षा र हिमपातको सम्भावना नरहेको बताएको छ । यसैबीच, काठमाडौंमा पनि आज मौसम सफा रहनेछ । काठमाडौंमा बिहान ५ : ४५ बजेको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको छ ।

दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । काठमाडौंमा बिहीबार बिहान ५:४५ को न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसैले हिजोभन्दा आज काठमाडौंका कम तापक्रम छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्