माघ २१ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ माघ २०८१, सोमबार
6 Min Read
Aa

आज मिति वि.सं.२०८१ माघ २१ गते सोमबार ई.सं.२०२५ फेब्रवरी ३ नेपाल सम्बत ११४५ सिल्लाथ्व पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल पञ्चमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, साध्य योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:४९ बजे भयो भने सूर्यास्त साँझ ०५:४६ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने योग छ । चुनौतीहरू स्वतः हट्नेछन् भने आम्दानीले पछ्याउनेछ । तथापि, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ, ध्यान राख्नुहोला । मित्रजनको साथ स्वादिष्ट भोजनमा मन रमाउला । अनुकूलता वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने योग छ । नजिकका साथीभाइ टाढिन सक्छन् । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिने योग छ । विलासी कर्ममा मन जाला । स्वास्थ्य केही कमजोर रहन सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ । तथापि, बाध्यतामा अल्मलिनुपर्दा महत्वपूर्ण काम रोकिन सक्छ । काम बिग्रने डरले सताउला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): इमानयुक्त परिश्रमले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउलान् । परिवारमा आमाको आशीर्वादबाट महत्वपूर्ण काम बन्न सक्छ । धनलाभको सम्भावना छ । यात्राको पनि योग रहेको छ । कृषिकर्म विशेष लाभदायी रहला । रसरागमा आकर्षण रहला । समग्रमा दिन रमाइलैसँग बित्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि मिल्नसक्छ । विशेष योजनाहरू बन्नेछन् भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने देखिन्छ । तपाईंको कामको तारिफ होला । आजको दिन स्वास्थ्यप्रति विशेष सजगताको खाँचो छ, ध्यान राख्नुहोला । आरोग्यपन, प्रेमभाव र दाम्पत्यसुख बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने दिन छ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । आज अनायसै धन खर्चनुपर्ने योग पनि रहेकोले निरर्थक खर्चबाट जोगिने प्रयत्न गर्नु उचित हुनेछ । तपाईंको आम्दानीमा छेडछाड गर्नेहरू सक्रिय रहन सक्छन् । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । सहयोगीहरूले राम्रै साथ दिनाले प्रतिस्पर्धी परास्त होलान् । महत्वपूर्ण काममा सफलता मिल्ने योग भएपनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने देखिन्छ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । आरोग्यबल बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रम र ब्यस्तता बढ्नेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा थप लगानी गर्दा खेर नजाला । धन आर्जनको मौका जुर्ने देखिन्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । रोकिएको काम मिहेनतले सम्पन्न हुने देखिन्छ । शत्रुलाई जित्ने क्षमता रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मेहनतले राम्रै लाभ उठाउन सकिने समय छ । व्यापार-व्यवसायमा पनि फाइदा नै हुने देखिन्छ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट चाहिँ अलिक धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, पेटको खराबीले सताउन सक्छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । प्रतिकुलताका बाबजुद दायित्व निर्वाह गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बन्नाले आत्मविश्वास बढ्नेछ । विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव एवं कार्यसम्पादनको क्षमता बढ्ला । तथापि, अनावश्यक वादविवादमा परिने योग रहेकोले सचेतना अपनाउनुहोला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आरोग्यता रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): होसियारीसाथ काम लिनुपर्ने समय छ । लगानी तथा खर्च वृद्धि हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ, तर फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । मेहनतले कीर्ति दिलाउनेछ । सुख विलास पनि बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्