गभर्नर फेरिने हल्लाले सेयर बजारमा सकारात्मक प्रभाव: ६९ अंकले बढ्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन लाग्दा गभर्नर फेरिने हल्ला व्यापक बन्दा साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.८० अंकले बढेको छ । उच्च अंकले नेप्सेमा भएको वृद्धिसँगै आईतबार कारोबार अंक समेत बढेर १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार बराबरको भयो ।

आईतबारको कारोबारमा २०२ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने ३७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो । त्यस्तै आजको कारोबारमा ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर नै रह्यो ।

- Advertisement -
Ad imageAd image

आईतबार नेप्सेमा उछाल आउँदा सबै समूहका सूचक हरिया भए । साथै आजको शेयर कारोबारमा ७ वटा कम्पनीको शेयर मूल्यमा १० अंकको सकारात्मक सर्किट लाग्यो ।

जसमध्ये उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरे भने सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्