आजको मौसम: पहाडी भूभागमा आंशिक बदली, तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ – हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चीम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

- Advertisement -
Ad image

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्