माघ १९ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०८१, शनिबार
6 Min Read
Aa

आज मिति वि.सं.२०८१ माघ १९ गते शनिबार ई.सं.२०२५ फेब्रवरी १ नेपाल सम्बत ११४५ सिल्लाथ्व तृतिया, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल तृतिया, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, परिधि योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:५० बजे भयो भने सूर्यास्त साँझ ०५:४४ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय पूरै प्रतिकुल नभएपनि केही चुनौतीको सामना गर्नुपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ भने सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । आजको दिन शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । अरूले फसाउन सक्ने र हुलमुलमा धनमाल हराउन सक्ने योग छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ, ध्यान राख्नुहोला । सार्वजनिक कार्यबाट सफलता र यश प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सुखदुःखमा साथ दिनेहरू भेटिने र परिवारजनको साथले काममा उत्साह जगाउने समय छ । तर, बेलैमा होसियार बन्न नसक्दा सहज कार्यमा पनि बाधा पुग्ने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । महत्वपूर्ण कार्यले गति लिन नसक्दा मन खिन्न हुनसक्छ । पहिलेका समस्या दोहोरिने र लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ, साथै ब्यापार-ब्यवसायमा पनि राम्रै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । कर्मको उचित प्रतिफल प्राप्ति र विभिन्न उपहार हातपर्नाले मन रमाउने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिने समय छ । पराक्रम बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने दिन छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । कामको चापबाट फुर्सद मिलेको अनुभूति मिल्नुका साथै रमाइलो यात्राको अवसर जुट्ने देखिन्छ । आलस्य गर्ने बानीले समस्या निम्त्याउन सक्छ, तर मेहनतीजनका लागि समय उत्साहजनक रहला । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । स्वास्थ्य सबल रहला । साझेदारीको काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अरूका काममा समय बित्न सक्ने र अरूको भरपर्दा काम बिग्रन सक्ने समय छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । श्रमअनुसारको उपलब्धिबाट वन्चित हुनुपर्दा मन खिन्न रहन सक्छ । सबल स्वास्थ्यका लागि आज खानपिनमा विशेष सजगता अपनाउनुहोला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ने देखिन्छ । समस्यामा इष्टमितको साथ मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सद्विचारबाट अभिप्रेरित व्यक्तिका लागि उत्साहजनक सिमय छ, तर सानो लापर्वाहीले पनि बन्नैलागेको काममा बाधा पुग्ने एवम् विवादमा परिने योग छ । घरेलु समस्याले केही सताउला । आजको दिन अनावश्यक भ्रमणमा समय बित्न सक्छ, निरर्थक यात्रा थाती राख्नु नै उचित हुनेछ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । प्रतिस्पर्धामा पछि नपर्नको लागि विशेष मिहेनतको दरकार छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिगो योजना प्रारम्भ हुने तथा साझेदारीबाट फाइदा मिल्ने समय छ । भौतिक साधन जुट्नाले उत्साह वृद्धि होला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनुहोला । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । सोखपूर्तिका लागि केही खर्च बढ्न सक्छ । आमोदप्रमोदमा मन जाला । व्यस्तता बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): लाभप्रद काम प्रारम्भ गर्ने तथा गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । धर्मकर्म र सेवामूलक कार्यबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउने विशेष प्रयास गर्नुहोला । आजको दिन स्वास्थ्यप्रति अघिपछिको तुलनामा थप सजग रहनु हितकर हुनेछ । बाध्यताको कामले अल्मल्याउन सक्छ, सजग रहनुहोला । आफन्तको साथ सहयोग प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने तथा कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । खेलकुद तथा भ्रमणमा रुचि बढ्ला । स्वास्थ्यगत समस्याले भने केही सताउन सक्छ । शत्रुपक्ष केही सशक्त बन्न सक्छ, सजग रहनुहोला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना रहेकोले व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइएला । रसरागमा आकर्षण रहला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यापारमा मनग्य फाइदा हुने तथा आयआर्जनका स्रोत बढ्ने समय छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । आजको दिन विद्यामा कमजोरी र लेनदेनमा विवादको येग रहेकोले सजग रही व्यवहार गर्नुहोला । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । विगतका समस्या बल्झिन सक्छन् । सामर्थ्य भने वृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन उल्लासमय रहने देखिन्छ । पछिसम्म लाभ हुने काममा लगानीको अवसर प्राप्त हुने समय छ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ भने अतिथिका रूपमा सम्मान समेत पाइएला । नयाँ योजना कार्यान्वयनमा ल्याउन भने त्यत्ति सहज नहोला । मिठो भोजन प्राप्त हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्