आजको मौसम: पहाडी भूभागमा आंशिक बदली, हुस्सु र कुहिरोको कारण मधेसको जनजीवन प्रभावित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ माघ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यतिबेला कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ ।

तराईका धेरै भूभागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। हुस्सु र कुहिरोको कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ ।

- Advertisement -
Ad image

देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चार प्रदेशको मौसम बदली भए पनि आज कतै पनि वर्षाको सम्भावना भने नदेखिएको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा तराईका धेरै स्थानहरू बिहानीपख हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्