आजको मौसम: पहाडी भूभागमा आंशिक बदली, तराईका धेरै स्थानमा हुस्सु र कुहिरो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ माघ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यतिबेला कोसी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ । तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ ।

देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ । आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

- Advertisement -
Ad imageAd image

‘बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्