आज मिति वि.सं.२०८१ माघ ११ गते शुक्रबार ई.सं.२०२५ जनवरी २४ नेपाल सम्बत ११४५ पोहेलागा दशमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण दशमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वृद्धि योग, विष्टि÷भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०६:५३ बजे भयो भने सूर्यास्त साँझ ०५:३८ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही चिसेपन आउला । तथापि, मित्रजन नजिकिनेछन् । खर्च केही बढेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आश्वासन दिएर झुक्याउनेहरूबाट जोगिनका लागि आँखा चिम्लेर विश्वास गर्ने बानी हटाउनु पर्नेछ । गोपनीयतामा ध्यान दिनु हितकर होला । पराक्रम बढ्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा–समारोहमा भाग लिने मौका जुर्ला । मानसम्मान पनि पाइने योग छ । तर, आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । नियमित कार्यमा पनि हैरानी बढ्न सक्छ । रसरागको भाव जागृत होला । प्रेमभाव बढ्नेछ । यात्रापरक काम बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता वृद्धिका साथै सानातिना समस्या आइरहे पनि दिन उत्साहपूर्ण नै रहनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा सुधार हुने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा आकर्षण रहला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता एवम् रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन सामान्य नै छ । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्य सबल रहला । साथीभाइको सहयोग प्राप्तिले सुख बढ्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पीडा दिनेहरु सक्रिय रहनसक्ने समय छ, सावधान रहनुहोला । आज केही महत्वपूर्ण कामको अवसर पनि फुत्कने सम्भावना छ, यसप्रति सचेत रही व्यवहार गरे उपलब्धि मिल्नसक्ने देखिन्छ । व्यापार–व्यवसायमा भने राम्रै फाइदा हुने योग छ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । सफलताका लागि धैर्यले काम लिने प्रयास गर्नुहोला । आरोग्यता रहनेछ । कार्यगतिका साथै सुख बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): श्रमको उचित मूल्यांकन हुने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउन सकिनेछ । खर्च भने केही वृद्धि होला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन मिश्रित फलदायी रहला । विशेष प्रयत्नका बाबजुद सफलता भने मध्यम स्तरमा मात्र हातपर्ला । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्यजीवन सुखद रहनेछ । धनलाभको योग छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने समय छ । आजको दिन स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपानमा सचेत रहनु हितकर होला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । खर्च पनि केही वृद्धि होला । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ । बोली र व्यवहारमा संयमता अपनाउन सके समस्याहरूबाट टाढा रहन सकिनेछ । दायित्व निर्वाहमा सवलता रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । उत्साहजनक समाचारले हर्ष बढाउला । चिताएको कुनै महत्वपूर्ण काम भने अधुरै रहने देखिन्छ । कृषि तथा पशुपालन व्यवसायमा खर्च बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि होला । नियमकानूनले साथ दिनेछ । गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दौडधुप केही बढेपनि दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ भने नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइलेखाइमा प्रगति होला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । सामर्थ्य वृद्धि हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । आर्थिक लाभ होला । चिताएको काम बन्ने देखिन्छ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । आफन्तको साथ मिल्नुका साथै सुख–सुविधाको वस्तु बढ्नेछन् ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्