काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछानेको शल्यक्रिया गरिएको छ । क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा बुधबार शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रबन्धक डा. अभिषेक राज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको छ । सन्दीपलाई विगत चार वर्षदेखि हर्नियाको समस्या देखिएको थियो ।
लामिछानेको शल्यक्रिया डा. दीपक शर्मा नेतृत्वको टोलीले गरेको डा. सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ, ‘यस अस्पतालको शल्यचिकित्सा विभागद्वारा क्रिकेटर सन्दीप लामिछानेको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो । उहाँको शल्यक्रिया शल्यचिकित्सक डा. दीपक शर्मा नेतृत्वको टीमद्वारा भएको हो ।’
सन्दीप ४/५ दिन अस्पतालमा बस्नुपर्ने अस्पतालका प्रवन्धक डा. अभिषेक राज सिंहले बताए । उनी कम्तिमा एक महिना मैदान बाहिर रहने छन् । क्रिकेटर लामिछानेको शल्यक्रिया केही समय पहिले नै गर्न चिकित्सकले सुझाव दिएकोमा समय व्यस्तताका कारण ढिला भएको थियो ।
यस्तो छ विज्ञप्ति:



प्रतिक्रिया दिनुहोस्