आज मिति २०८१ साल माघ ०८ गते मंगलबार माघ कृष्ण पक्षको सप्तमी तिथि उपरान्त अष्टमी व्रत। तदनुसार सन् २०२५ जनवरी २१ तारिख।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफ्ना कमी-कमजोरीलाई सुधार गर्ने समय छ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आत्मीयजनसँग भेटघाटको योग छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यको लागि आजको दिन विशेष सजग रहनु उचित हुनेछ । सबैप्रति प्रेमभाव बढ्ने देखिन्छ । इष्टमित्र सहयोगी बनेर देखापर्नेछन् ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यस्तता बढ्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । भौतिक साधन बिग्रनाले लक्ष्यप्राप्तिमा रोकाओट आउला । भावनामा केन्द्रित भइने समय छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले बोली र व्यवहार नियन्त्रणमा राख्नुहोला । प्रतिकुलताका बाबजुद सहयोगीजनमार्फत नयाँ कामको प्रस्ताव आउनसक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय शुभदायी छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ भने नयाँ कामको प्रस्ताव आउने देखिन्छ । अभिप्रेरित गर्नेहरू भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा पनि विजयी भइनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्ने योग छ । पराक्रम वृद्धि भइ ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रचनात्मक काम सुरु गर्ने समय छ । पहिलेको सफलताले थप हौसला जगाउला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । आरोग्यता रहनेछ । सहयोगीजन भेटिनेछन् भने रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउला । बौद्धिक जमातलाई आकर्षित गर्ने खालको कार्य सम्पादन गर्न सकिनेछ । तथापि, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । आरोग्यता रहनेछ । यात्रागत कार्य सफल बन्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यापारमा सामान्य फाइदा मिल्ने समय छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ, तथापि जटिल काम सम्पादन हुनाले उत्साह बढ्ला । नियमित व्यवसायबाट विशेष फाइदा उठाउन सकिने योग छ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको कामसमेत सम्पादन गर्न अभिप्रेरणा मिल्नेछ । पहिलेका कमजोरीलाई सुधार्ने अवसर जुर्ला । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यवहार र विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् । ठूलाबडाको सहयोगले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । लगानी उठ्ने तथा आयवृद्धिको सम्भावना छ । साहसिक कार्यमा आकर्षण रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन परिवारमा असमझदारी बढ्नसक्ने योग रहेपनि शरीरमा उत्साह र उमङ्ग जागृत हुनेछ । नियमित काममा फाइदाको योग छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित रहला । मेहनतले सम्मानित स्थान दिलाउने योग छ । स्वास्थ्य सबल रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । योजना गुप्त राखेर अघि बढ्नु हितकर हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने तथा कामले धेरैको मन लोभ्याउन सकिने समय छ । तर, आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ होला । चोरी वा ठगीमा परिने योग रहेकोले विशेष सजगताको खाँचो छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दौडधुप वृद्धि भएपनि प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रागत कार्य सफल रहला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । आजको दिन सहयोगीहरूले साथ दिनेछन् र, काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । टाढिएका आफन्तहरू नजिकिनेछन् दाम्पत्यसुख बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । आजको दिन अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्