माघ ०७ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०८१, सोमबार
6 Min Read
Aa

आज मिति वि.सं.२०८१ माघ ०७ गते सोमबार ई.सं.२०२५ जनवरी २० नेपाल सम्बत ११४५ पोहेलागा षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण षष्ठी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सुकर्मा योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६:५४ बजे भयो भने सूर्यास्त साँझ ०५:३५ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, तर आफन्त एवम् साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुऱ्याउनुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउने योग छ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शत्रु वा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । मनोरन्जनमा समय ब्यतीत हुने देखिन्छ । आज आयआर्जन पनि राम्रै हुने योग छ । ऐश्वर्य र प्रेमभाव बढ्नेछ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा भने विशेष ध्यान पुऱ्याउनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ । परिवारिक सुख रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छ, तर पनि वित्तादि लाभ हुने दिन छ । कृषिमा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका मिल्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ । पढाइलेखाइमा भने समय दिन नसकिएला । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्ने सम्भावना रहेकोले व्यवहारमा सजगता अपनाउनु उचित हुनेछ । रुपैयापैसा हराउन सक्छ, सावधान रहनु होला । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । रसरागमा भने आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सानातिना काममै समय बित्ने दिन रहेको छ । काम बिग्रने डरले सताउला । जथाभावी वचन दिने प्रवृत्तिले कष्ट पुऱ्याउन सक्छ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ, सचेत रहनुहोला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्ने देखिन्छ । ब्यवसायमा भने फाइदा हुने योग छ । आरोग्यता रहनुका साथै रसरागको भाव वृद्धि होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन सानो प्रयत्नले ठूलो काम सम्पादन होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइने तथा सजिलै काम बन्नाले उत्साह जाग्ने देखिन्छ । परोपकारजन्य क्रियाकलापमा मन जाला । मंगलमय कृत्य सम्पादन गर्ने योग छ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउला । सफलताको लागि महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । कृषिसम्बन्धी कर्मबाट सोचेको लाभ नउठ्न सक्छ, ख्याल राख्नुहोला । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी हात पर्ने योग छ । आयबल बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको खराबीले लक्ष्य प्राप्त गर्न कठिन पर्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ । आँटेको काम समयमा पूरा नहुने र पढाइलेखाइमा पनि खासै मन नजाने योग छ । धेरै लगानीपछि कममात्र प्रतिफल पाइएला । योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । पठनपाठनमा पनि प्रगति हुनेछ । तथापि, काम बिग्रने डरले सताउन सक्छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ, आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्, सचेत रहनुहोला । गीतसंगीत र रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ । निरर्थक कर्मतर्फ मन बहकिन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभदायी काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने साझेदारीमा राम्रो फाइदा हुने देखिन्छ । मातृ सहयोगबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने योग छ । अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । असावधानीले धन खर्च गराउन सक्छ ध्यान राख्नुहोला । जोखिम बढेपनि शत्रुलाई जित्ने सामर्थ्य रहनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आज स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । तपाईंका कार्यक्षेत्रमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग रहेकोले विशेष सजग भइ व्यवहार गर्नुहोला । सन्तान पक्षबाट सुख मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन केही चुनौतीयुक्त रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिनेले आज झुक्याउन सक्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यसम्बन्धी पुरानो समस्याले सताउन सक्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्