काठमाडौं – हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्को भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी २४ घण्टा बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज कोशी प्रदेशको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ भने मधेश प्रदेशमामा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै बागमती प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने गण्डकी प्रदेशमाको मौसम पनि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा मौसम सफा रहने सम्भावना रहेको छ भने कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको मौसम आंशिक बदली रहने सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्