आज मिति वि.सं.२०८१ माघ ०६ गते आईतबार ई.सं.२०२५ जनवरी १९ नेपाल सम्बत ११४५ पोहेलागा पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण पञ्चमी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, अतिगंड योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे भयो भने सूर्यास्त साँझ ०५:३४ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकुल समय छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । प्रेमभाव बढ्नेछ । मित्रजनको सहयोग प्राप्त होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले व्यवहारमा विशेष होसियारीको दरकार छ । तपाईंको प्रतिभाको उच्च मूल्यांकन होला । पराक्रम वृद्धिका कारण आँटेको काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ । मित्रजनको साथ मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मिश्रित फलदयी समय छ । नियमित काममा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम सुस्त गतिमा भएपनि स्वतःबन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । महत्वपूर्ण काम समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । अनिच्छाका बाबजुद जिम्मेवारी बढिरहने योग छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । जीवनसाथीको स्वस्थ्यप्रति विशेष सजग रहनु उचित हुनेछ । शत्रुपक्ष कमजोर देखिएलान् ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । ब्यर्थको भेटघाटले अलमल बढाउने र नोक्सानी निम्त्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । खेलकुद भ्रमणमा रुचि बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमी-प्रेमिकाबीच सम्बन्धको न्यानोपन वृद्धि हुने तथा दाम्पत्य सम्बन्धमा मिठास आउने देखिन्छ । स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइएला । पारिवारिक सुखशान्ति बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): गरिएका कर्मको उचित प्रतिफल मिल्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि अभिवृद्धिका साथै रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा मन जाला । कृषि-चौपायामा केही समस्या देखिए पनि धन आर्जन हुने देखिन्छ । स्थायी सम्पत्ति बढ्ने योग छ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । समस्याकको समाधान मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ भने धैर्यसाथ निरन्तरको प्रयत्नले नियमित कर्म सार्थक रहला । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । तथापि, विलासितामा खर्च बढ्ने तथा उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । यात्रागत कार्य सफलतादायी हुने देखिन्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु उचित हुनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आफन्तजन टाढिएको अनुभूति हुन सक्छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । साथै धनलाभको पनि योग रहेको छ । आरोग्यता रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । समय लागे पनि महत्वपूर्ण काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा अझ सहजता महसूस हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनाले मन सन्तुष्ट रहला । नसोचेको ठाउँबाट धन प्राप्त हुने योग छ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा होला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । यात्राको सम्भावना छ, काममा स्थानान्तरण हुन सक्छ । रसरागमा आकर्षण रहला । दामपत्यसुख बढ्नेछ । काममा नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): नयाँ कामको खोजीमा रहेका व्यक्तिका लागि उचित समय छ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना देखिन्छ । आजको दिन सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजगता अपनाउनु हितकर होला । आलस्यले गर्दा अवसर गुम्न सक्छ, ध्यान राख्नुहोस् । अति आवश्यक अवस्थामा बाहेक आर्थिक कारोबार नगर्नु नै उचित हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मनमा दोधारको लहर उठेपनि काममा बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । अरूको भरपर्दा काम रोकिन सक्ने योग रहेकोले आत्मविश्वासका साथ कार्य अघि बढाउनु हितकर हुनेछ । हिम्मत गर्न नसक्दा महत्वपूर्ण योजना थाती रहन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त होला । प्रेमभाव वृद्धि हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्