माघ ०५ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०८१, शनिबार
6 Min Read
Aa

आज मिति वि.सं.२०८१ माघ ०५ गते शनिबार ई.सं.२०२५ जनवरी १८ नेपाल सम्बत ११४५ पोहेलागा पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण पञ्चमी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, शोभन योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे भयो भने सूर्यास्त साँझ ०५:३३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । तथापि, खराब व्यक्तित्वको विश्वासमा पर्दा काममा धोका पाइने योग छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, सचेत रहनु उचित होला ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन सामान्य नै छ । थाती रहेका काम बनी नयाँ काम सुरु हुने समय छ । व्यापारमा पनि फाइदा नै हुने देखिन्छ । बहुमूल्य धातु संग्रह गरिनने र सामाजिक प्रतिष्ठा पाइने योग छ । शत्रुपक्ष परास्त होलान् । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्ने सम्भावना रहेकोले आत्मविश्वास दर्बिलो बनाइ निर्णय लिनु उचित हुनेछ । परिवारिक सुखले उत्साह बढाउनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने समय छ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्ने हुँदा सावधानी अपनाउनु हितकर हुनेछ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । सामाजिक तथा राजनीतिक पहुँच भने बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कनसक्ने योग छ, व्यवहारमा सावधानी अपनाउनुहोला । आफन्तजनको साथ मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मंगलमय काम सम्पादन हुने समय छ । काममा आफन्तको सहयोग जुट्न सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट एवम् मान-सम्मान मिल्ने योग छ । आम्दानी बढ्नाले उत्साह थपिएला । स्वास्थ्यसम्बनधी सामान्य समस्याा रहन सक्छ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्ने सम्भावना छ, ध्यान राख्नुहोला । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आत्मीयजनसँग भेटघाट हुनेछ भने व्यवसाय तथा उद्योगधन्दामा राम्रै फाइदा मिल्ने समय छ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर होला । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । सुखद समाचारले काममा उत्साह जगाउला । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूका लागि दिन उत्साहवर्द्धक रहला । यात्रागत कार्यबाट धनलाभ हुनसक्छ । व्यापार–व्यवसायमा राम्रै फाइदा मिल्नेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । आयबल वृद्धि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले चिन्ता बढाउन सक्छ । महत्वपूर्ण काममा ढिलासुस्ती हुन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । दण्ड-जरिवानाको योग रहेकोले सरकारी निकायबाट बचेर कार्य गर्नु हितकर होला । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ, ध्यान राख्नुहोला । प्रतिकुलताका बाबजुद कर्मबल वृद्धि हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यवसायमा लगानी बढाउने समय छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । आफन्त, परिवारजनमा आत्मीयभाव वृद्धि होला । स्वास्थ्य केही कमजोर रहन सक्छ, आफ्नो ख्याल राख्नुहोला । रोकिएका काम तपाईंको अथक परिश्रमले सम्पन्न हुनसक्ने देखिन्छ । अनावश्यक खर्च नियन्त्रणका लागि सचेत रहनु उचित हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका जुर्ला । ब्यापारबाट राम्रै धनलाभ हुनेछ भने भौतिक साधनहरू जुट्नेछन् । राजनीतिक पहुँच बढ्ने योग छ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । दाजुभाइ तथा दिदिबहिनीसँग भने केही असमझदारी बढ्ने सम्भावना रहेकोले व्यवहारमा सरलता अपनाउनु हितकर हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विभिन्न अवसरले पछ्याउने समय छ । पठनपाठनमा राम्रो उन्नति होला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । रमाइलो यात्राको सम्भावना पनि रहेको छ । गीतसंगीतप्रति रुचि र रसरागात्मक काममा आकर्षण बढ्नेछ । बन्धुबान्धवसँगको सम्बन्ध खल्बलिन नदिन विशेष सचेतनाको दरकार छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): काममा बाधा हुने र प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्ने समय छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्ने योग छ । तथापि, आजको दिन प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने देखिन्छ । सबल स्वास्थ्यका लागि विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । पारिवारिक सम्बन्ध अलिक कमजोर रहेपनि आर्थिक समस्या समाधान होला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । आजको दिन चोटपटकको सम्भावना देखिन्छ, हातहतियारको प्रयोग तथा सवारीसाधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित होला । प्रेमभाव वृद्धि हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्