आज मिति वि.सं.२०८१ माघ ०४ गते शुक्रबार ई.सं.२०२५ जनवरी १७ नेपाल सम्बत ११४५ पोहेलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण चतुर्थी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सौभाग्य योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे भयो भने सूर्यास्त साँझ ०५:३२ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने देखिन्छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । आमोदप्रमोदको भावका साथ दिन बित्ला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आज खर्चको मात्रा केही बढ्ने देखिन्छ भने आफ्नै कमजोरीले विवादमा परिने योग छ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना रहेपनि आँटेको विशेष काममा सफलता मिल्नेछ । प्रतिभाको उच्च मूल्यांकन होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन काममा खासै जाँगर चल्ने देखिन्न, तर जिम्मेवारी भने बढिरहनेछन् । समयमै सचेत नहुँदा अवसर गुम्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । जीवनसाथीको स्वास्थ्यसम्बन्धी समस्याले चिन्ता बढाउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत काममा सफलता प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मानसम्मानका साथमा आम्दानी बढ्ने समय छ । तर, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउला । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमजीवन सुखदायी रहनेछ । सबल स्वास्थ्यका लाथि खानपानमा ध्यान दिनु उचित हुनेछ । उत्साहवर्द्धक समाचार सुन्न पाइएला । मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धी परास्त होलान् । पारिवारिक सुख मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कार्यगति बढ्नेछ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । धन आर्जन गर्ने मौका जुर्ने र कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने सम्भावना छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धि हुनुका साथै बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा होला । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ भने उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामर्थ्य वृद्धि हुने समय छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भएपनि आज तपाईंलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त हुने देखिन्छ । धनलाभको पनि योग रहेको छ । आजको दिन योजना र बजेट बनाएरमात्र कार्य गर्नु हितकर हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दौडधुप वृद्धि भएपनि लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । काममा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रशन्न हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । व्यस्तता बढ्नेछ । आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । रसरागको भाव वृद्धि होला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): नयाँ कामको खोजीमा रहेको व्यक्तिका लागि शुभदायी समय छ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना देखिन्छ । आजको दिन स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । आजको दिन अति आवश्यक अवस्थामा बाहेक आर्थिक कारोवार नगर्नु नै उचित हुनेछ । साहस वृद्धि हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ तर हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त होला । स्वादिष्ट भोजनमा मन रमाउनेछ । आरोग्यता बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नाले आत्मविश्वास बढ्नेछ । आजको दिन अरूको भर नपरी लगनशील रहनु उचित हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्