माघ ०२ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०८१, बुधबार
7 Min Read
Aa

आज मिति वि.सं.२०८१ माघ ०२ गते बुधबार ई.सं.२०२५ जनवरी १५ नेपाल सम्बत ११४५ पोहेलागा द्वितीया, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण द्वितीया, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, प्रीति योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे भयो भने सूर्यास्त साँझ ०५:३१ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । तथापि, अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्ने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): केही अवसर जुटे पनि आजको परिस्थिति अलिक संघर्षमय रहला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । अप्ठ्यारा कामको बोझ थपिन सक्ने योग छ । पढाइलेखाइमा प्रगति होला । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउला । मानसम्मान पनि पाइने देखिन्छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । विशेष कार्य गर्दै हुनुहुन्छ भने परिवारजनको सहयोग लिने प्रयास गर्नु उचित हुनेछ । स्वास्थ्यगत रूपले चाहिँ आज केही कमजोर भएको अनुभूति हुनसक्छ । तर, बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कामबाट फुर्सदिलो भएको अनुभूति हुने दिन छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ला । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्दा सफलता मिल्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । कृषि तथा पशुपालन कार्यमा खर्च बढ्ने देखिन्छ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै राम्रै धनलाभ हुने देखिन्छ । व्यापार-व्यवसायमा लाभ हुनेछ भने व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । आर्जित धन तत्काल खर्च गर्नुपर्ने योग छ । जग्गा जमिनबाट भने राम्रै लाभ मिल्ने समय छ । रसरागको कार्यक्रममा आकर्षण रहला । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । नचिताएको ठाउँमा धननाश हुने दिन छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनसक्छ, धैर्य राख्नुहोला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । कर्मबल र कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ काममा हात हाल्ने समय आएको छ । काममा सफलता पाउन केही प्रतिस्पर्धा भने गर्नुपर्नेछ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुनसक्ने योग छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला, ध्यान राख्नुहोला । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । शुभता तथा भाग्य वृद्धि हुने देखिन्छ । धन सम्पदामा बढोत्तरी हुने योग छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ, सचेत रहनुहोला । पारिवारिक असमझदारी बढ्ने योग छ । आरोग्यता रहनेछ । सुख सुविधाको वस्तुमा धन खर्च हुनसक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सेवामूलक कामबाट धनलाभ हुने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । पढाइलेखाइमा सामान्य प्रगति हाोला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने समय छ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने समय छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । रसरागको भाव वृद्धि हुनेछ । आरोग्य बढ्नेछ, रसरागमा आकर्षण रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिने समय छ । आयआर्जन राम्रै हुने देखिन् । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउने छ । तर, अस्वस्थताले काममा ढिलासुस्ती हुने र अप्रिय समाचारले निराश तुल्याउनसक्ने योग छ । प्रतिकुलताका बाबजुद प्रेमभाव बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम वृद्धि हुनेछ । तपाईंको प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिएला । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ने देखिन्छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भूमि तथा कृषिबाट पनि फाइदा हुने योग छ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । सुख विलास पनि बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्