पुष २८ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०८१, आईतवार
6 Min Read
Aa

आज मिति वि.सं.२०८१ पुष २८ गते आईतबार ई.सं.२०२५ जनवरी १२ नेपाल सम्बत ११४५ पोहेलाथ्व चर्तुदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल चर्तुदशी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, ब्रद्म योग गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे भयो भने सूर्यास्त साँझ ०५:२८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्ने योग छ । स्वास्थ्यमा केही कमजोरी र उपचारमा खर्च हुनसक्छ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ने देखिन्छ । प्रतिकुलताका बाबजुद रसरागको भाव जागृत होला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन खासै उत्साहजनक नरहने देखिन्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने समय छ । प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोऱ्याउनुपर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । जिम्मेवारी बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिवारिक सुख रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साझेदारी काममा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्ने देखिन्छ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विशेष अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । कीर्तिमानी काम सम्पादन होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कर्मबल वृद्धिका साथै साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आलोचकहरू सक्रिय हुने समय छ । समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेको फाइदा नहुने योग छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्ने सम्भावना छ, ख्याल राख्नुहोला । रचनात्मक कार्यमा भने आंशिक सफलता मिल्ने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पराक्रमले प्रतिस्पर्धीलाई हराउन सकिने समय छ । व्यापारमा फाइदा होल, तर साँझदेखि परिस्थिति अलिक प्रतिकूल बन्ने देखिन्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ, सचेत रहनुहोला । खर्च केही वृद्धि हुने देखिन्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । मेहनतले आम्दानी बढाउन सकिएला । श्रमको उचित मूल्यांकन हुनेछ । आजको कामबाट राम्रै धनलाभ हुन सक्छ । साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन् । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आरोग्यबल रहनेछ । मिठो भोजन प्राप्त होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन साहस वृद्धि र तार्किक क्षमता बढ्नेछ भने अध्ययन-अध्यापन कार्यमा प्रगति हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउने योग छ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मेहनतीजनका लागि दिन फलदायी रहनेछ । काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । खर्च बढ्नुका साथै अर्थ अभाव महसूस होला । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । प्रेमभाव बढ्नेछ । रचनात्मक कार्य बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सामाजिक दायित्व बढ्ने समय छ । बेसुरमा वचन दिने बानीले दुःख पाइएला । काम बिग्रने डरले पनि सताउन सक्छ । व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुऱ्याउने देखिन्छ, सजग रहनुहोला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट भने लाभ मिल्ने योग छ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन छ । पढाइमा प्रगति र व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । शुभचिन्तकहरूको सहयोग जुट्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ भने व्यापारमा पनि फाइदा हुने योग छ । पराक्रम वृद्धि भइ आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने देखिन्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सानातिना घरेलु काममै अल्झनुपरे पनि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइने योग छ । नयाँ कामको प्रस्ताव आउन सक्छ । मान महत्व वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्