मौसममा आजैदेखि बदली: आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिउँ र पानी पर्ने सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ पुष २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – देशका केही स्थानमा शनिबार राति (आज) र आइतबार (भोलि) वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा पनि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

यसैगरी आज राति सुदूरपश्चिम प्रदेशको पनि हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

देशका बाँकी प्रदेशमा भने आज राति मौसम बदली भए पनि हिउँ र पानी पर्ने सम्भावना नरहेको मौसम महाशाखाले जानकारी दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्