आजको मौसम: ३ प्रदेशको मौसम बदली, तराईमा हुस्सु र कुहिरो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यतिबेला गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ । तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ ।

आज कोशी प्रदेशमा हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यसैगरी मधेश प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यसैगरी बागमती प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

- Advertisement -
Ad imageAd image

त्यसैगरी गण्डकी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै कर्णाली प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

आगामी २४ घण्टा बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्