रास्वपाको केन्द्रीय समिति बैठक: पार्टीको संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकको पहिलो दिनको बैठक सकिएको छ । आजको बैठकमा प्रदेश महामन्त्रीहरुले स्थानीय तहको उपनिर्वाचनको समिक्षा प्रतिवेदन पेश गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

बैठकमा कार्यवाहक सभापति डोल प्रसाद अर्याल, उपसभापति डा.स्वर्णिम वाग्लेले समसामयिक राजनीति सन्दर्भमा जानकारी गराउदै पार्टीका गतिविधिका बारेमा अवगत गराएका थिए ।

- Advertisement -
Ad imageAd image

बैठकले पार्टीको संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै संगठन निर्माण चरणलाई निर्धारित समयमा पुरा गर्न राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने छलफलमा केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरुले सिफारिस गरेको विज्ञ सदस्यहरु रहेको जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरुलाई सहयोग तथा सहजीकरण गर्न जिल्ला अनुसारको कार्यदल निर्माण गर्ने छलफल भएको छ ।

कार्यदलले सदस्यता विस्तार साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्ने र यो अभियान यही माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन गर्ने समेत छलफल भएको झाले जानकारी दिए ।

साथै बैठकमा हालै अध्यादेश मार्फत् ल्याइएको सहकारी सम्बन्धी विधेयकका सम्बन्धमा समेत छलफल हुने झाले जानकारी दिएका छन् । बैठक आइतबार पनि बस्दै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्