आज साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ पुष २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) साँझदेखि देशका अधिकांश स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ ।

जसको प्रभावस्वरुप यतिबेला (शुक्रबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

- Advertisement -
Ad image

अहिले तराई तथा उपत्यका क्षेत्रका थोरै स्थानमा हुस्सु र कुहिरोको लागेको छ । आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र गण्डकी र कोशी प्रदेशका एकदुई स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहने छ ।

बिहानको समयमा देशका तराई तथा उपत्य क्षेत्रमा हुस्सु र कुहिरोको समेत सम्भावना रहेको कारण यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्