आज मिति वि.सं.२०८१ पुष १० गते बुधबार ई.सं.२०२४ डिसेम्बर २५ नेपाल सम्बत ११४५ थिंलागा दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण दशमी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, अतिगंड योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६:५२ बजे भयो भने सूर्यास्त साँझ ०५:१५ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । विशेष सभा-समारोहमा भाग लिने अवसर प्राप्त होला । तार्किक क्षमता बढ्नेछ भने बोलीको प्रभाव पनि रहनेछ । तथापि, विशेष प्रयत्नका बाबजुद अवसरको पूरा लाभ उठाउन मस्किल पर्ने योग छ । प्रेमभाव बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको दिन छ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन्, तर रुचिका विषयमा लगानी बढाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा होला । मिष्ठान्न भोजनको योग छ । ब्यस्तता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक कार्य तथा परोपकारमा मन जाने समय छ । आजको दिन स्वास्थ्यमा केही कमजोरीको अनुभूति हुन सक्छ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ, सचेत रहनुहोला । तथापि, परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । दाम्पत्यसुख बढ्ला । पराक्रम वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ला । नियमित काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउला । यात्राको योग छ । कर्मबल वृद्धिसँगै साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन केही चुनौतीयुक्त रहला । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, सावधान रहनु हितकर होला । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्नसक्ने योग छ । आरोग्यता रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आँटेका काम तत्काल सम्पादन हुनसक्ने समय छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । व्यापारमा राम्रै फाइदा हुनेछ भने विभिन्न सहयोग र उपहार पाइने योग छ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान पाइएला । व्यस्तताका साथै खर्च केही बढ्ने देखिन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुनसक्ने दिन छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । तथापि, आज अनावश्यक भ्रमण हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा केही खर्च हुने योग छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सहयोगको आशा देखाउनेहरूले आज धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । कृषिकार्यमा कामको चाप बढ्नेछ । शुभता बढेर रोकिएको काम बन्ने योग छ । बौद्धिक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विगतका समस्या बल्झिन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । सानातिना काम र घरेलु समस्या देखापर्न सक्छ । यसका बाबजुद रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । तर, आजको दिन मेहनतअनुसार फाइदा कमै होला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । चिताएको काम समयमा सम्पादन हुन सक्ने सम्भावना कमै देखिन्छ । स्वास्थ्य केही कमजोर भएको अनुभूति हुनसक्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रमाइलो यात्रा गर्ने अवसर जुट्ने समय छ । कामको चापबाट पनि फुर्सद पाइएला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । भ्रमणको योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । आजको दिन अरूका काममा समय बित्न सक्छ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल बन्न सक्छ । तथापि, ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्