आज मिति वि.सं.२०८१ पुष ०७ गते आईतबार ई.सं.२०२४ डिसेम्बर २२ नेपाल सम्बत ११४५ थिंलागा सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण सप्तमी, चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, आयुष्मान योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६:५० बजे भयो भने सूर्यास्त साँझ ०५:१४ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकूलता बढ्नेछ । कामबाट सजिलै फुर्सद पाइने र मनोरञ्जनपूर्ण रहने दिन छ । मन प्रसन्न रहला । व्यापार एवम् रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । मित्रजनको साथ एवम् स्वादिष्ट परिकारको आनन्द प्राप्त हुने योग छ । रोकिएर रहेका कार्य सुचारु गर्न चाहे सफलता मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अप्रत्याशित लाभको समय छ । आर्थिक लाभका नयाँ स्रोत फेला पर्लान् । काममा प्रशस्त मात्रामा मन जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । पराक्रम वृद्धि तथा यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । स्वास्थ्य सबल रहला । रचनात्मकता बढ्नेछ । पारिवारिक समस्या समाधान भएर जाने देखिन्छ । आफन्तको साथले उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): स्वास्थ्यको विशेष ख्याल गर्नुपने समय छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । धननाशको सम्भावना रहेकोले आर्थिक व्यवहारमा अत्यन्त सजग रहनुहोला । अनावश्यक झमेलामा परिने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनु हितकर हुनेछ । बौद्धिकता र रचनात्मकता भने बढ्नेछ । शत्रुपक्षको सक्रियता बुझेर व्यवहार गर्नु हितकर हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रमाइलो तरिकाले कामहरु गर्न पाइने दिन छ । मित्रजनबाट साथ-समर्थन पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ हुने देखिन्छ । थाती रहेका योजना कार्यान्वयन गर्न सकिएला । आरोग्यपन वृद्धि हुनेछ । मित्रजनबाट सहयोग रहने देखिन्छ । कर्मबल र आनन्द वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित रहला । सोचेभन्दा बढी नै लाभ हुने समय छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । लगानी वृद्धि र आर्थिक क्षेत्रमा उन्नति हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन आकर्षित रहनेछ । मित्रजनको साथ-सहयोग मिल्ने योग छ । पारिवारिक सुख मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन शुभदायी छ । आयबल बढ्नाले सुख वृद्धि होला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । यात्रागत कार्यबाट आर्थिक लाभसमेत हुने देखिन्छ । मित्रजनका साथै घरपरिवारबाट सुखशान्ति पाइएला । सुख वृद्धि हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ भने पराक्रमका साथै मान-महत्व बढ्ने देखिन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन चुनौतीयुक्त र कष्टप्रद रहने देखिन्छ । सोच्दै नसोचेको ठाउँमा पैसा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । मनमा चिन्ता बढ्ने देखिन्छ । यसका बाबजुद कर्मबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभता बढ्नेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । संयमतापूर्ण व्यवहारले सफलता र सन्तोष दिलाउनेछ । तथापि, खर्च वृद्धि र लेनदेनमा विवाद बढ्ने योग रहेकोले सचेत भइ व्यवहार गर्नुहोला । सामर्थ्य वृद्धि भइ रोकिएको काम बन्नेछ । रचनात्मक कार्यमा पनि सफलता मिल्ने देखिन्छ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन नयाँ कामका योजनाहरु बन्ने देखिन्छ । व्यापारमा सफलता मिल्नेछ । रमाइलो यात्राको सम्भावना छ । टाढिएका साथीभाइले मित्रवत व्यवहार गर्नेछन् । दौडधुप वृद्धि हुनेछ तर त्यसबाट लाभ नै मिल्नेछ । गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ योजनाका साथ रमाइलो तरिकाले काम गर्न पाइने समय छ । व्यापारमा राम्रै लाभ हुने देखिन्छ, साथै पशुधन र जमिनबाट सामान्य लाभ होला । अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनीतिमा सफलता मिल्ने योग छ । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । यात्रागत कार्य सार्थक रहला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रै प्रगति हुनसक्ने दिन भएपनि आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । मेसिनरी सामग्रीको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने समय छ । वादविवादको सामना गर्नुपर्ला । शारीरिक एवम् आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन सामान्य नै छ तथापि मनमा डरत्रासको भाव जागृत रहला । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । व्यवसायिक कर्ममा आर्थिक लाभ हुने देखिन्छ । यात्रामा रमाउने र भेटघाटबाट सहयोग प्राप्तिको योग छ । प्रेमभाव वृद्धि होला । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ भने सुख–सुविधाको वस्तु बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्