आज मिति वि. सं. २०८१ साल पुष ०६ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर २१ तारिख। पौष कृष्ण पक्षको षष्ठी तिथि।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रमाइलो खालको दिन छ । काम बन्नाले सुखको अनुभूति होला । धनलाभको योग छ भने खासगरी पशुधनबाट राम्रो फाइदा हुने देखिन्छ । प्रेमभाव बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा अनुकूलता वृद्धि होला । रोकिएको काम अघि बढ्ने समय छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नोकरीमा दिन सामान्य रहेपनि जटिल काम बन्नाले सुखको अनुभव हुनेछ । अनेक किसिमका फाइदा होला । अप्रत्याशित लाभको योग छ । पराक्रम बढ्नेछ भने आरोग्यता रहनेछ । मिठो भोजन प्राप्ति र परिवारिक सुख बढ्नेछ । रचनात्मक कार्य फलदायी रहनेछन् । पारिवारिक समस्याको समाधान मिल्ने समय छ । आफन्तको साथले उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन ब्यर्थको ब्यस्तता बढ्न सक्छ । नियमित काममा पनि समस्या पैदा हुन सक्छ, ध्यान राख्नुहोला । धनहानीको योग रहेकोले फजुल खर्च नियन्त्रणको प्रयास गर्नु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनु हितकर हुनेछ । बहस तथा विवादको सम्भावना भएपनि अन्ततः जित तपाईंकै हुने देखिन्छ । प्रतिकुलताका बाबजुद यात्रागत कार्यमा सफलता प्राप्तिको योग छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विचार र व्यक्तित्वले धेरैलाई आकर्षण गर्ने समय छ । सामाजिक एवम् परोपकारका काममा मन जाला । धन आर्जनको दृष्टिले राम्रो दिन छ । आरोग्यता रहनेछ । कर्मबल बढ्नुका साथै साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला । खेलकुद, भ्रमणमा जस्ता क्रियाकलापमा रुचि बढ्ने देखिन्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्ने समय छ । मित्रजनको साथ मिल्नेछ भने पारिवारिक सुखशान्ति रहनेछ । आकस्मिक आर्जनले मन प्रफुल्ल तुल्याउला । सुखद यात्राको योग रहेको छ । आरोग्यता रहनेछ भने रसरागको कार्यक्रममा आकर्षण बढ्ला । विशेष योजना कार्यान्वयनमा जाने योग छ, प्रयत्न र्गु उचित होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिश्रित फलदायी समय छ । आजको दिन केही सुख र केही दुःखको अवस्था रहला । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही समयका लागि स्थगित गर्नु बेस हुनेछ । आकस्मिक धनलाभको योग देखिन्छ । आयबल बढ्नाले सुख वृद्धि होला । पराक्रम वृद्धि र मान महत्व बढ्ने देखिन्छ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): समयको ब्यर्थ नास हुनसक्ने दिन छ । गरेका कामबाट खासै उपलब्धि लिन नसकिने देखिन्छ । तथापि, साहसिक काममा आकर्षण रहनेछ । नसोचेको ठाउँमा व्यर्थको खर्च हुनसक्छ, आर्थिक क्रियाकलापमा होसियार रहनुहोला । प्रतिकुलताका बाबजुद कर्मबल वृद्धि हुनााले मन भने शान्त तथा सन्तुष्ट नै रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अनावश्यक यात्राको योग रहेकोले विचार गरेरमात्र यात्रागत कार्यमा पाइला बढाउनु हितकर होला । आफन्तमिलनले सुख दिनेछ । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ने देखिन्छ । शुभता बढेर रोकिएको काम बन्नेछ । सामर्थ्य पनि वृद्धि होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त होलान् । आरोग्यता रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन स्वास्थ्यगत दृष्टिले केही कमजोरी महसूस भएपनि काममा जाँगर रहनेछ । परोपकारमा मन जानेछ । खर्च भन्दा कमाई नै बढी हुने देखिन्छ । बौद्धिक कार्यमा प्रगति हुनेछ । धनलाभको योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । विपरितलिङ्गीबाट प्राप्त हौसलाले मन रमाउनेछ । प्रेमभाव वृद्धि हुनेछ भने दाम्पत्यसुख बढ्नेछ । रसरागमा आकर्षण रहला । सन्तान पक्षबाट सुख मिल्नेछ । यात्रामा सफलता प्राप्त होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन केही प्रतिकूल रहन सक्छ । इष्टमित्रहरुसँग असमझदारी बढ्ने योग छ । काममा बाधाको सामना गर्नुपर्ला । वादविवादबाट बच्न विशेष सावधानी अपनाउनु हितकर हुनेछ । शारीरिक आरोग्यता रहनेछ । व्यवहारमा संयमता अपनाउन सके बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । मिठो भोजन प्राप्तिको योग छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन मिश्रित फलदायी छ । केही सुख केही दुःखको भाव पैदा होला । नोकरीमा झमेला ब्यहोर्नुपर्ने योग छ । साझेदारीको काम बन्नेछ, आफन्तको साथ मिल्नेछ । बिछोडिएको मित्रजनसँग भेटघाटको सम्भावना छ । मिठो भोजन प्राप्त होला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्