आजको मौसम: कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । शुक्रबार बिहान देशका अधिकांश स्थानको मौसम मुख्यतया सफा छ । तराई, खोँच तथा उपत्यकाका क्षेत्रका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ ।

आज कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात हुने सम्भावना रहेको छ । यतिबेला तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु लाग्नुका साथै मधेस प्रदेश र कोसी प्रदेशका तराईका थोरै स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

हुस्सु, कुहिरो र हिमपातको कारण देशका केही भूभागमा आज दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्