आज मिति २०८१ साल पुष ०४ गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर १९ तारिख। पौष कृष्ण पक्षको चौथी तिथि।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): परिश्रमअनुसार उपलब्धि पनि राम्रै मिल्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मन शान्त र सन्तुष्ट रहनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । कतैबाट धन प्राप्त हुने योग छ । पराक्रम बढ्ला । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय खासै नराम्रो नरहेपनि पनि आज खर्च बढ्ने, विवाद हुनसक्ने र शत्रुपक्षले अलिक सताउन सक्ने देखिन्छ, सजग रहनुहोला । खर्च गर्दा होसियारी अपनाउनुपर्नेछ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नुहोला । परिवारका सदस्य असन्तुष्ट रहन सक्छन् । रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन शुभदायी छ । धनलाभ होला । अध्ययन तथा अध्यापनमा पनि प्रगति हुने देखिन्छ । तपाईंको प्रतिभाको कदर हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । मिठो भोजन प्राप्त होला । रचनात्मकता र आनन्द बढ्नेछ । शत्रुपक्ष परास्त होलान् । समग्रमा दिन रमाइलोसँग बित्ने देखिन्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ब्यस्तता बढेपनि आजको दिन आयआर्जनको दृष्टिले शुभदायी छ । नयाँ काम गर्नको लागि परिवारजनको समर्थनका साथै मित्रजनले उचित सल्लाह दिनेछन् । मनमा उत्साह वृद्धि हुने देखिन्छ । धनलाभको योग छ । नयाँ साथीसँग चिनजान हुने एवम् रमाइलो यात्रा हुनसक्ने योग छ । ब्यस्तताका साथै रोकिएको काम बन्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा बित्ने देखिन्छ । नयाँ काम प्राप्तिको योग छ । मनग्य धन आर्जन गर्ने अवसरको ढोका खुल्न सक्छ । कृषिसम्बन्धीको कामबाट विशेष लाभ होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । आयबल बढ्ला । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल बढ्नेछ तर अरूको भर पर्दा काममा धोका हुनसक्ने समय छ । स्वास्थ्यप्रति विशेष सजग रहनुपर्ने देखिन्छ । खानपानमा लोभ नदेखाउनु हितकर होला । आजको दिन टाढाको यात्रा गर्नुछ भने स्थगन गर्नु राम्रो हुनेछ । ब्यर्थको खर्च हुन सक्छ, नियन्त्रण गर्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मन केही दुविधायुक्त रहन सक्छ । आर्थिक पक्षमा आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । साहसिक काममा आकर्षण रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दौडधुप बढ्नेछ । सन्तानपक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुने समय छ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । सोचेअनुरुप आर्जन हुने देखिन्छ । अध्ययन तथा लेखन–प्रकाशनका लागि अनुकुल समय छ । सामर्थ्य वृद्धि हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): काममा जोश र जाँगर बढ्ने समय छ । आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ । कामहरु सजिलैसँग बन्नेछन् । बौद्धिक र रचनात्मक काम बन्नेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण तथा इच्छाशक्ति बढ्नेछ । समग्रमा दिन शुभदायी छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): साहस वृद्धि भएपनि आजको दिन सोचेअनुरुप सहज रहने देखिन्न । अनावश्यक डरले मनमा घर गर्नेछ भने वादविवाद हुने सम्भावना छ । कसैसँग विवाद वा झगडा हुनसक्ने योग छ, सजग रहनुहोला । पेशागत रुपमा समस्या देखिन सक्छ । घरपरिवारमा पनि केही मनमुटाव हुन सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मनमा दुविधा रहन सक्ने दिन छ, तथापि सामाजिक काममा नाम रहनेछ । ब्यापार तथा जागीरमा दिन ठिकै छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । महत्वपूर्ण योजना कार्यान्वयनमा भने केही हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनु पर्ने देखिन्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): ब्यस्तता बढ्नेछ । चल-अचल सम्पत्तिको कारोबार हुन सक्ने समय छ । वैवाहिक जीवन सुखी रहला । घरमा पाहुनाको आगमन हुने योग छ । दाजुभाइको सहयोग तथा समर्थन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्