मंसिर ३० गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० मंसिर २०८१, आईतवार
6 Min Read
Aa

आज मिति वि.सं.२०८१ मंसिर ३० गते आईतबार ई.सं.२०२४ डिसेम्बर १५ नेपाल सम्बत ११४५ थिंलाथ्व पूर्णिमा, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल पूर्णिमा, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, शुभ योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६:४६ बजे भयो भने सूर्यास्त साँझ ०५:११ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन स्वास्थ्य केही कमजोर रहन सक्छ । बाध्यताका काममा जुट्नुपर्दा मन असन्तुष्ट रहला । काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी पनि आज नगर्नु उचित हुनेछ । यात्रागत कार्यमा भने आंशिक सफलताको योग छ । इष्टमित्र तपाईंको पक्षमा रहनेछन् ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनलाभको योग छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ । आफन्तका साथै मित्रजनको साथ-समर्थन मिल्ने समय छ । शुभ समाचार प्राप्त हुनाले आनन्द वृद्धिको योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु हितकर होला । धन आर्जन हुने योग परेको छ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । परिवारमा पनि खुशिको माहोल छाउने देखिन्छ । आयवृद्धि र मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यपन वृद्धि होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन मिश्रित फलदायी रहला । अध्ययन तथा अध्यापन कार्यमा मन जानेछ । तर, व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्, सचेत रही कार्य गर्नुहोला । यात्राको योग छ । नसोचेको स्थानबाट आर्थिक लाभ हुने देखिन्छ । ब्यस्तता बढ्ने तर रोकिएको काम बन्ने समय छ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सोचेअनुसार काम बन्न कठिन छ । केही पैसाको हानी पनि हुन सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । सबल स्वास्थ्यको लागि खानपिनमा सजक रहनु हितकर होला । पारिवारिक सुखशान्ति कायम राख्न विशेष प्रयत्नको खाँचो छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अधुरा काम बन्ने तथा नयाँ कामको जिम्मेवारी मिल्नसक्ने समय छ । नोकरीमा बर्चस्व बढाउन सकिनेछ, तर विद्यार्जनमा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे अधुरा काममा सफलता मिल्ने योग छ । कार्यगति बढ्नेछ । खर्च भने केही वृद्धि हुनसक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्योदयको समय रहेको छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । व्यापार तथा उद्योगमा फाइदाको योग छ । नसोचेको ठाउँबाट केही लाभ हुने देखिन्छ । पारिवारिक सुखशान्ति मिल्नेछ । स्वास्थ्य सबल रहला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनुपर्नेछ । कामहरु सजिलैसँग बन्नेछन् । रमाइलो तरिकाले योजनाहरु अघि बढाउन सकिनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापारमा ठिकैमात्र छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ने दिन छ । खर्च घटाउन विशेष सजगता अपनाउनुपर्ला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने योग रहेकोले अरुको कममात्र भर पर्नृुृहोला । चोटपटक लाग्नुबाट जोगिन सजग रहनुपर्ने समय छ । प्रेमभाव बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रतिद्वन्द्वीहरु सक्रिय रहने समय छ । हानी नै नगरे पनि काममा बाधा दिन सक्ने हुँदा विशेष सजगताको दरकार छ ।, जागीरमा पनि समस्या देखापर्ने योग छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने देखिन्छ । मान सम्मान मिले पनि मनमा डर रहनसक्छ । प्रतिकुलताका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन सुखद एवम् मनोरञ्जनपूर्ण रहने देखिन्छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, तर यात्रागत कार्य भने जोगिएर गर्नुपर्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । रचनात्मकता र पराक्रमता वृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउने देखिन्छ । नोकरी तथा राजनिितमा गरेका प्रयासहरु फलदायी रहनेछन् । मित्रजनले तपाईंको बोली र व्यक्तित्वको प्रशंसा गर्नेछन् । मिठो भोजन प्राप्ति र मनोरञ्जनात्मक यात्राको सम्भावना छ । मान वृद्धि हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्