आज २०८१ साल मंसिर २९ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर १४ तारिख। मार्गशीर्ष शुक्ल पक्षको चतुर्दशी तिथि।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शुभता बढ्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । केही नयाँ काम थाल्नका लागि उपयुक्त समय छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउला । आज तपाईंले सोचेका काम पूरा भइ सुखको अनुभव हुने देखिन्छ । साथै रुपैयापैसाको कारोबार पनि राम्रै होला । रसरागमा आकर्षण वृद्धिका साथै दाम्पत्यजीवन सुखद रहनेछ
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अनुकुलता वृद्धि हुने र साथीभाइसित बसेर छलफल गरी आर्थिकलाभको मार्ग पत्ता लगाउन सकिने समय छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ । आजको दिन आकस्मिक निम्तोमा सहभागी हुनुपर्ने योग छ । परिवारमा भने सामान्य विवादको सम्भावना देखिन्छ, बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनुहोला । यात्रापरक काम बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन चुनौतीयुक्त हुने देखिन्छ । महत्वपूर्ण काममा बाधा आउनुका साथै आर्थिक हानी हुन सक्छ । अल्छीपनले सताउला । स्वास्थ्यसम्बनधी समस्याले आर्थिक हानी गराउन सक्छ । नियमित कार्यमा पनि ढिलासुस्ती हुने समय छ । यसका बाबजुद आर्थिक कार्यमा आकर्षण बढ्ने र शत्रुमाथि विजय प्राप्त हुने देखिन्छ । बौद्धिकता र रचनात्मकतामा निखार आउला । विरोधिपक्ष वशमा रहलान् ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल र शुभता बढ्नेछ । परिश्रमअनुसार राम्रै उपलब्धि मिल्ने समय छ । रोकिएका काम फेरि सुरु हुन सक्छन् । आर्थिक पक्षमा सफलता मिल्नुका साथै निकट मित्रजनसँगको भेटले मन रमाउनेछ । घरमा पाहुनाको आगमन हुनसक्छ । बुद्घिविवेकको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । मिठो भोजन प्राप्त हुनेछ । खेकुद तथा रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): चिताएको काममा सफलता पाइने र प्रगतिको प्रशस्त सम्भावना रहेको दिन छ । परिश्रम गर्न सकेजति खेर जाँदैन र अर्थलाभ हुनेछ । महत्वपूर्ण योजनामा विशिष्टजनको साथ-समर्थन मिल्नेछ । पुराना मित्रजनहरूसँगको भेटघाटले मन रमाउने योग छ । मनेरञ्जनात्मक क्रियाकलापमा मन आकर्षित होला । पारिवारिक सुखशान्ति वृद्धि हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन मिश्रित फलदायी रहला । दोडधुप बढ्ने देखिन्छ । लाभदायक यात्राको सम्भावना छ, तर यात्रा केही कष्टप्रद हुन सक्छ । परिवारमा हल्का विवादको योग छ । स्वास्थ्यगत सामान्य समस्याको सम्भावना रहेकोले खानपानलगायतमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । अनौठो तरिकाबाट आर्थिकलाभ मिल्नसक्ने समय छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन सोचेअनुसार काम नहुनाले मनमा केही छटपटीको भाव पैदा हुनसक्छ । खर्च पनि केही वृद्धि होला । स्वास्थ्य केही कमजोर रहन सक्छ, सावधानी अपनाउनु हितकर हुनेछ । अनावश्यक कार्यमा धन खर्च हुनसक्छ, आर्थिक कारोबारमा विशेष सचेतना अपनाउनुहोला । मिठो भोजनप्राप्ति र नजिकका मित्रजनसँगको भेटघाट तथा छलफलले सन्तुष्टि दिलाउनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सोचेको काम पुरा नहुन सक्ने समय छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव कायम रहने देखिन्छ । दिनको सुरुवात राम्रै भएपनि पछिल्लो प्रहर असन्तुष्टिले घर गर्नसक्छ । तथापि, जटिल ठानिएको काम तपाईंको अथक प्रयासमा बन्ने दिन छ । आफन्तजनको सहयोग प्राप्त हुनेछ । खर्चको मात्रा वृद्धि हुन सक्छ, सजग रही आर्थिक क्रियाकलाप गर्नु उचित हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अध्ययन तथा अध्यापनमा खासै मन नलागेपनि शत्रु र रोग पन्छाउने दृष्टिले उचित समय छ, प्रयास गर्नु उचित हुनेछ । आजको दिन आर्थिकलाभको योग छ, नचिताएको ठाउँबाट आम्दानी हुनसक्छ । आम्दानीका नयाँ मार्ग खुल्न सक्छन् । प्रेमभाव बढ्नेछ भने मिठो भोजन प्राप्त हुने देखिन्छ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यस्तता बढ्नेछ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने समय छ । खर्चको मात्रा केही बढ्नसक्छ, सचेत रहनुहोला । नयाँ काम शुरु गर्नका लागि उचित समय छ । परिवारमा आर्थिक समस्याले सताउने योग छ । सन्तानपक्षबाट सुखको अनुभुति हुनेछ । नियमकानूनले साथ दिनेछ भने दायित्व पूरा गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन नियमित कार्यमा चुनौती बढ्न सक्छ । महत्वपूर्ण योजनामा समयमै निर्णय गर्न नसक्दा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । कसैसँग विवाद तथा झैझगडाको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सिर्जनात्मक कार्यले सन्तोष दिलाउनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन मिश्रित फलदायी रहला । मनमा त्यसै-त्यसै डरको भावले डेरा जमाउन सक्छ । आरोग्यता रहनेछ भने आफन्तजनको साथ-सहयोग मिल्नेछ । जागिरमा भने खासै मन नजाला । धन-मान पाउने योग छ । परिवारमा व्यक्तिगत वर्चश्व वृद्धि हुनेछ । सुख विलासको भाव जागृत हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्