आजको मौसम: काठमाडौंमा यो वर्षकै हालसम्मको न्यून तापक्रम, देशभरको अवस्था के छ ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो ।

यो न्यूनतम तापक्रम काठमाडौँ उपत्यकाका लागि २०८१ साल लागेयताकै कम हो । यसअघि उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियसम्म झरेको थियो ।

- Advertisement -
Ad image

दिउँसो काठमाडौंको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ । यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर मौसम आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवामा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्