पश्चिमी वायुको आंशिक प्रभावका कारण तराई र उपत्यकामा हुस्सु र कुहिरो: काठमाडौंको तापक्रम ३.९ डिग्री सेल्सियस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

- Advertisement -
Ad image

काठमाडौंमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५:४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस रहेको थियो । बुधबार बिहान यही समय काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस थियो । बुधबार बिहान पौने ९ बजे भने तापक्रम घटेर ३.९ डिग्री सेल्सियस पुगेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्