आज मिति वि.सं.२०८१ मंसिर २७ गते बिहीबार ई.सं.२०२४ डिसेम्बर १२ नेपाल सम्बत ११४५ थिंलाथ्व द्वादशी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल द्वादशी, चन्द्रमा मेष राशिमा, अश्वनी नक्षत्र, परिधि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६:४४ बजे भयो भने सूर्यास्त साँझ ०५:१० बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आत्मविश्वास र पराक्रममा वृद्धि भइ आँटेगरेको कार्यमा सफलता मिल्ने दिन छ । व्यापार व्यवसायमा उन्नति एवम् धनलाभ होला । आर्थिक फाइदा हुनाले मन हर्षित रहनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मिठो भोजन प्राप्ति र मोदप्रमोदमा रम्ने अवसर जुर्ला । अनुकूलता वृद्धिका साथै मित्रजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): केहीमात्रामा घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहला । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनुपर्ने समय छ । सानो प्रयासले रोकिएको काम बन्ने र यात्रागत कार्य सफल रहने योग छ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । परिवारिक सुख रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अलिक चुौती झेल्नुपर्ने समय छ । महत्वपूर्ण कार्यमा विघ्नबाधा पर्ने दैनन्दिन काममा पनि सुस्तता छाउन सक्छ । अनावश्यक खर्च तथ आर्थिक हानीबाट बच्न विशेष सावधान रहनु हितकर होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ, ध्यान राख्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । प्रतिकुलताका बाबजुद पराक्रम बढ्नेछ । कतै यात्रा गर्नुछ भने सफलता प्राप्त हुनेछ । शत्रुपक्ष तल पर्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): तपाईंले अरुलाई दिएको बाचा पूरा हुने समय रहेको छ । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्नसक्छ । मन लगाएर परिश्रम गरेपनि परिणाम भने खासै सन्तोषजनक प्राप्त नहुन सक्छ, तथापि धैर्यता रहनेछ । आजको दिन टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । महत्वपूर्ण काममा जोखिम र दौडधुप बढ्न सक्छ । खेलकुद एवम् रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): केही नयाँ काम गर्नको लागि परिवारजनको उचित सल्लाह प्राप्त हुने समय छ । आयआर्जनको दृष्टिले राम्रो दिन छ । व्यापारमा राम्रै धनलाभ हुने देखिन्छ । नसोचेको ठाउँबाट धन आउने तथा डुबेको भनिएको धन फिर्ता हुनसक्ने योग छ । लामो समयदेखि रोकिएका काम बन्नेछन् । दाम्पत्यसुख बढ्नेछ । रसरागम आकर्षण रहला । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): उत्साहजनक समय छ । सामाजिक क्षेत्रमा बढी मन जाला । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने देखिन्छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ला । धनलाभ हुनेछ । प्रेमभाव वृद्धि एवम् सुख बढ्नेछ । यात्रागत कार्यमा लाभ मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । आज गरेको लगानीले राम्रो प्रतिफल दिन सक्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): अनावश्यक वादविवादमा पर्नसकिने समय रहेकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा वादविवाद हुन सक्छ । हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । कुसैसँग मनमुटाव हुनसक्छ, धैर्यशाली व्यवहार गर्नुहोला । आरोग्यबल रहनेछ । साहसिक काममा आकर्षण रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन केही चुनौतीले घेरिएको अनुभूति हुनेछ । काममा खासै मन नजाला । मत्वपूर्ण काम पनि अधूरै रहन सक्छ । मान-सम्मानमा आघात पर्ने देखिन्छ, सचेत रहनु हितकर होला । नयाँ कामको सुरुवात पनि खासै राम्रो छैन, हैरानी बढ्न सक्छ । सोचेको काम नबन्नाले मन अशान्त रहन सक्छ । आरोग्यता रहनेछ । खर्च बढ्ने योग रहेकोले योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुर्ला । मान प्रतिष्ठामा वृद्धि हुनेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । चल–अचल सम्पत्ति कारोबारको योग छ । मिठो भोजन प्राप्त होला । समग्रमा दिन मनोरन्जका साथ बित्ने देखिन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पराक्रमका साथै व्यस्तता बढ्नेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने समय छ । पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । रचनात्मक एवम् साहित्यिक कार्यमा मन जानेछ । टाढाको यात्राबाट धनलाभ हुने देखिन्छ । आम्दानीको स्रोतसमेत बढ्नेछ । खेलकूद एवम् भ्रमणमा आकर्षण रहला । रसरागात्मक क्रियाकलापमा मन आकर्षित हुने देखिन्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामर्थ्य वृद्धि हुने र बौद्धिकपन उर्बर रहने समय भएपनि स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । पीडा दिनेहरू सक्रिय रहन सक्छन्,सावधान रहनुहोला । यात्राका क्रममा विशेष सजगता अपनाउनु हितकर हुनेछ । नसोचेको ठाउँमा धन खर्च हुनसक्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा आंशिक सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आर्थिक लाभ मिल्ने खालको समय छ । आजको दिन कामहरु सजिलै बन्नेछन् । महत्वपूर्ण कार्यमा कसैबाट समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ, जसका कारण अनायासै ठिक निर्णय हुने देखिन्छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । केही अधुरा काम सम्पन्न हुनेछन् । आरोग्यताका साथै सुख–विलास बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्